फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १४ अर्ब नाघ्यो
युनाइटेडको फाइनान्सको चुक्ता पुँजी सबैभन्दा बढी ललितपुरको सबैभन्दा कम
काठमाडौं ।
फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी १४ अर्ब ९३ करोड ८० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २० वटा फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा उक्त अनुपातमा चुक्ता पुँजी पु-याएका हुन् ।
यस अवधिमा सबैभन्दा बढी चुक्ता पुँजी युनाइटेड फाइनान्स कम्पनीको रहेको छ भने सबैभन्दा कम चुक्ता पुँजी ललितपुर फाइनान्सको रहेको छ । युनाइटेडले कुुल एक अर्ब चार करोड आठ लाख ३४ हजार रुपैंयाँ चुक्त पुँजी कायम गर्दा ललितपुर फाइनान्सले जम्मा २३ करोड ६८ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।
यसैगरी आईसीएफसी फाइनान्सले पनि चालू आवको पछिल्लो अवधिमा एक अर्ब दुई करोड ४२ लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा मञ्जुश्री फाइनान्सले ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । पोखरा फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स र सेन्ट्रल फाइनान्सले भने यस अवधिमा क्रमशः ९६ करोड ३१ लाख ४५ हजार, ८९ करोड एक लाख ३४ हजार, ८६ करोड ७९ लाख ९३ हजार र ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
यसैगरी गुडविल फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, सिर्जना फाइनान्स र रिलायन्स फाइनान्सले भने चालू आवको पछिल्लो अवधिमा क्रमशः ८६ करोड ७२ लाख, ८६ करोड ४० लाख, ८४ करोड ७८ लाख ३८ हजार र ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । चालू आवको पछिल्लो अवधिमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पस फिनान्सले भने क्रमशः ८२ करोड ८९ लाख १३ हजार, ८० करोड १० लाख, ४० करोड ३८ लाख ६९ हजार र ४० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
यस अवधिमा जानकी फाइनान्स र नेपाल फाइनान्सले भने क्रमशः ६० करोड चार लाख ११ हजार र ३० करोड ५५ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया