उत्पादनमा वृद्धि र जनस्तरमा सुधार ल्याउने योजना निर्माणमा छत्रकोट
बुटवल । विगतका वर्षहरूदेखि नै उत्पादन वृद्धि र जनस्तरमा सुधारमा जोड दिँदै आएको छत्रकोट गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्ष २०७८/८९ मा पनि उत्पादनमा वृद्धि र जनस्तर उकास्ने क्षेत्रहरूलाई विशेष प्राथमिकता दिएको छ ।
गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले पालिकाले आगामी आर्थिक वर्षको लागि कोरोना भाइरसले पारेको प्रभावलाई न्यूनीकरण गर्न विदेशबाट फर्किएको जनशक्तिलाई स्वदेशमै बस्ने अवस्था सिर्जना गर्ने, दिगो भौतिक विकासलाई जोड दिने, आय र रोजगार वृद्धि गरी गरिबी घटाउने, उत्थानशील विकास गर्ने, बहुक्षेत्रीय पोषण कार्यक्रममार्फत कुपोषणको स्थितिलाई न्यूनीकरण गर्नेलगायतका योजनाहरू निर्माण गर्ने रणनीति अपनाएको बताए । अध्यक्ष पन्थले आगामी आर्थिक वर्षमा स्वास्थ्य, कृषि, शिक्षा, सडक, सिँचाइ, खानेपानी तथा सरसफाइ, वन पर्यटन र उद्योग, सामाजिक सुरक्षा, सेवा प्रवाह र सुशासनलगायतका क्षेत्रहरू बढी प्राथमिकताको क्षेत्रको रूपमा अगाडि सारिएको बताए ।
गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीले संघीयताको चारवर्षे कार्यसम्पादन समयमा विकास निर्माणको क्षेत्रमा एउटा चरण पार गरेको बताइन् । उनले जलस्रोत तथा सिँचाइ, बाँझो जग्गा व्यवस्थापन, भैँसीपालन, बाख्रापालन, कागती पकेट क्षेत्र, सुन्ताला खेती कार्यक्रम, तरकारी, अदुवा खेतीका कार्यक्रम, प्रदेश सरकारको ‘एक स्थानीय तह एक उत्पादन’अन्र्तगत उखु खेती प्रवर्द्धनात्मक कार्यक्रम, कृषक प्रोत्साहनका लागि कृषि बीमा र पशुबीमा कार्यक्रम, महामारीका कारण विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरूको लागि कृषिमा आबद्ध गराउन आवश्यक रणनीति, अनुदानमा बीउबिजन वितरण, लघु तथा साना उद्योग स्थापनाका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरू अगाडि सारिएको बताइन् ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुन्यप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटले सामुदायिक स्वास्थ्य एकाइका भवनहरू निर्माण, गुणस्तरीय शिक्षाका लागि आवश्यक कार्यक्रमहरू ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गुर्नका साथै ४० वर्ष पूरा भएका अविवाहित महिला, पति बेपत्ता भएका महिला, एकल पुरुष, सम्बन्ध विच्छेद भई बसेका महिला पुरुषलाई पनि सम्बोधन गरेको बताए ।
उनले गाउँपालिकाका सरकारी कार्यालयहरूमा आवश्यकताअनुसार स्तनपान कक्ष निर्माण गर्ने, शृङ्गा स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरवृद्धि गर्नेलगायतका योजनाहरू भएको बताए । गाउँपालिकाका लेखा अधिकृत सन्तोष जिसीले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि कुल ५१ करोड ३६ लाख चार हजार एक सय रूपैयाँ बजेट विनियोजन गरिएको बताए । त्यससध्ये ३४ करोड ५९ लाख १६ हजार चार सय ५० रूपैयाँ चालूतर्फ र १६ करोड ६६ लाख ८७ हजार सात सय दुई रूपैयाँ विनियोजन भएको छ ।
विनियोजित बजेटको खर्च पूर्तिका लागि संघीय सरकारबाट समानीकरण अनुदानका लागि प्राप्त नौ करोड ८४ लाख रूपैयाँ, सर्सत अनुदानमा प्राप्त २४ करोड १५ लाख, विशेष अनुदानका लागि प्राप्त एक करोड ६६ लाख रूपैयाँ, समपुरक अनुदानका लागि प्राप्त एक करोड ३१ लाख रूपैयाँ र राजस्व बाँडफाँडबाट प्राप्त हुनेछ करोड ७३ लाख ५५ हजार रूपैयाँ प्राप्त हुने जिसीले बताए ।
यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदानमा प्राप्त ४६ लाख रूपैयाँ, सर्सत अनुदानमा प्राप्त एक करोड पाँच लाख ४४ हजार रूपैयाँ, विशेष अनुदानमा प्राप्त ६० लाख रूपैयाँ, समपुरक अनुदानमा प्राप्त एक करोड ५० लाख रूपैयाँ, राजस्व बाँडफाँडबाट प्राप्त हुने ५८ लाख ३० हजार एक सय ५२ रूपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा खर्च नभई बचत हुने अनुमानित रकम दुई करोड ९८ लाख ७५ हजार रूपैयाँ र आन्तरिक आम्दानी ३८ लाख रूपैयाँ रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया