Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन करोड ६३ लाख नाघ्यो निक्षेप खाताको संख्या

तीन करोड ६३ लाख नाघ्यो निक्षेप खाताको संख्या


काठमाडौं । 
नेपालमा निक्षेप खाताको संख्या तीन करोड ६३ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाबाहेक २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीसहित कुल ६५ वटा संस्थाको देशभर रहेका पाँच हजार नौ सय ७३ वटा शाखामा कुल तीन करोड ६३ लाख ६६ हजार ४१ वटा निक्षेप खाता सञ्चालनमा रहेको देखिएको हो ।

कुल खाता संख्यामध्ये केही भने निष्क्रिय खाता समेत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा वाणिज्य बैंकहरुको मात्र सातवटा प्रदेशअन्तर्गतका ७७ वटै जिल्लामा कुल चार हजार छ सय ९३ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । ती सबैमा गरी कुल निक्षेप खाताको संख्या तीन करोड १५ लाख ६५ हजार तीन सय ७५ रहेको राष्ट्र बैैंकको भनाइ छ । विकास बैंकहरुको भने देशभर एक हजार १६ वटा शाखाहरु सञ्चालनमा रहेकोमा ४० लाख ८८ हजार चार सय ९८ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेको देखिएको छ । यसैगरी फाइनान्स कम्पनीहरुको भने देशभर दुई सय ६४ वटा शाखाहरु सञ्चालनमा छन् । यी सबै शाखामा गरी कुल सात लाख १२ हजार एक सय २९ वटा निक्षेप खाताहरु सञ्चालनमा छन् ।

पछिल्लो समय नेपालको जनसंख्याभन्दा बढी निक्षेप खाता सञ्चालन हुुनुमा एउटै व्यक्तिको एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोलिनुु प्रमुख कारण रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले स्वयंले पनि केही समयअघि एक व्यक्ति एक बैंक खाताको नीति ल्याएर कार्यान्वयन गरेका कारण पनि बैंकिङ क्षेत्रमा निक्षेप खाताको संख्या बढेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप खाता संख्या बढ्नु भनेको वित्तीय पहुँचसँगै बचत पनि बढ्नु हो । बचत बढ्नु भनेको लगानीको स्रोत पनि बलियो हुनु हो । यसर्थ निक्षेप खाता बढ्दा यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने राष्ट्र बैंकको भनाइ छ ।

नेपाल राष्ट्र बैैंकका अनुसार बैंकिङ क्षेत्रमा कुल कर्जा खाताको संख्या भने १६ लाख ८२ हजार आठ सय ४५ पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुमा मात्र रहेको कुल कर्जा खाताको संख्या १३ लाख ३४ हजार छ । यसबाहेकका विकास बैंकहरुमा भने कुल तीन लाख एक हजार पाँच सय १४ वटा कर्जा खाताहरु सञ्चलनमा रहेको राष्ट्र बैंकको भनाइ छ । चालू आवको पछिल्लो १० महिनाको अवधिमा फाइनान्स कम्पनीहरुमा भने कुल ४७ हजार तीन सय ३१ वटा कर्जा खाताहरु सञ्चालनमा छन् ।

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x