Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवीपी उधानको जग्गामा अन्य संरचना बनाइएकोमा विरोध

वीपी उधानको जग्गामा अन्य संरचना बनाइएकोमा विरोध


पर्सा । वीरगञ्ज घन्टाघरको उत्तरतर्फ रहेको वीपी उधानको जग्गामा अन्य संरचना निर्माण गरिएको भन्दै जीपी कोईराला फाउन्डेसन पर्साले विरोध जनाएको छ । साबिक नेपाल यातायात संस्थानको जग्गा हाल वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेका वीपी उधानको जग्गामा महानगरले प्रकृति मास्ने काम गरेको भन्दै फाउन्डेसन पर्साले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएको छ ।

फाउन्डेशनका अध्यक्ष मोहम्मद साहबुदिनले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा स्थानीय विकास मन्त्रालयका तत्कलिन मन्त्री रामचन्द्र पौडेलले रेल्वेको जग्गा खरिद गरी वीपी उद्यानका लागि जग्गा तत्कालीन वीरगञ्ज उपमहनगरपालिकाको रेखदेखमा रहने र पछि पार्क बनाउने उद्देश्यले हस्तान्तरण गरिएको उल्लेख छ । तत्कालीन सरकारसँग गरेको सम्झौताविरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छडसहितको ढलानको काम भइरहेकोले यथाशीघ्र रोक लगाउन माग गरिएको छ ।

‘वीपी उद्यानको पार्कमा निःशुल्क पार्क र हरित मैदान बनोस् भन्ने जन चाहान छ । वीरगञ्ज महानगरपालिकाले ठेक्का लगाई पैसा कमाउने भाँडो बनाउँदा हरियो सहरको परिकल्पना मरेर जाने स्थिति छ । उक्त कार्यलाई अविलम्ब रोक लगाई हरित पार्क बनाउने पहलकदमी लिन अनुरोध छ । प्रकृति मास्ने गरी विकास चाहिएको छैन’, ज्ञापनपत्रमा उल्लेख छ ।

वीपी उद्यानको जग्गालाई हराभरा बनाउनुको साटो कुरूप बनाउने जुनसुकै योजनालाई फाउन्डेसनले विरोध गर्ने अध्यक्ष सहाबुनिन बताउँछन् । आवश्यक परे कानुनी लडाइँ समेत लड्न फाउन्डेसन तयार रहेको उनको भनाइ छ । तर ज्ञापनपत्रमा उल्लेख भएजस्तो महानगरले नभई वीपी उद्यानमा सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साले पार्किङस्थल बनाउन लगाएको छ ।

वीपी उद्यानको रूपमा प्रयोग गर्ने सर्तमा नेपाल यातायात संस्थानको जग्गा तत्कालिन वीरगञ्ज उप महानगरपालिकाले १० करोडमा १० बिघा जग्गा खरिद गरेको थियो । वीरगञ्जका तत्कालीन नगरप्रमुख गोपाल गिरी र पूर्वउपमेयर समेत रहेका अजय द्विवेदीको पहलमा अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले रजिष्ट्रेसन दस्तुरमा सहुलियत प्रदान गरिदिएको फाउन्डेसनले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x