कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकिरहेको छैन । बढ्दो कोरोना महामारीको प्रभावका कारण भन्सार कार्यालयको लक्ष्यअनुसार राजस्व संकलनमा कमी भएको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीका अनुसार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्नको लागि अग्रसर भएको भए पनि कोरोना महामारीका कारण लक्ष्यअनुसार राजस्व संकलनमा कमी आएको छ ।
‘विगतका वर्षमा निश्चितरूपमा तोकिएको राजस्व संकलन आर्थिक वर्षको मसान्त महिनाअगावै संकलन हुनेगरेको थियो, तर यस वर्ष भने जेठ मसान्तसम्म आउँदा कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिरहेका छैनौँ ।’ सूचना अधिकारी जोशीले भने, ‘राजस्व संकलनमा असार महिनाको राजस्व जोडिएको छैन, असार मसान्त पनि सम्भवतः लक्ष्यअनुसार राजस्व गर्न सकिन्छ ।’ कोरोना महामारीका कारण लागू भएको निषेधाज्ञाले राजस्व संकलनमा कमी आएको उनको भनाइ छ ।
कञ्चनपुर भन्सार कार्यालयको २०७७–०७८ को कुल लक्ष्य ३५ करोड ६७ लाख ८८ रहेको छ । कार्यालयले भने हालसम्म भने ३४ करोड १३ लाख ९८ हजार राजस्व संकलन गरेको छ । जसअनुसार कार्यालयले कुल लक्ष्यको ९५ दशमलव ६९ प्रतिशत राजस्व संकलन गरेको छ । संकलन भएको राजस्वमा असार महिनाको भने नजोडिएको कार्यालयले जनाएको छ ।
कोरोना महामारीले गर्दा पैठारी हुने सामानमा कमी आएका कारण राजस्व संकलनमा कमी भएको समेत कार्यालयका सूचना अधिकारी जोशीले बताए । कञ्चनपुर भन्सार कार्यालयबाट तरकारी, फलफूल, गुड, मिस्री, कपडा, हार्डवेयरका सामानलगायत कृषिजन्य सामग्रीहरू भन्सार कार्यालयबाट आयात हुनेगर्दछ । यसैगरी निर्यात हुने सामानमध्ये रिठा र हस्तकलाका सामग्री भारत निर्यात हुनेगरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया