बंगलादेशको ब्रान्ड सिम्फोनीका मोबाइल नेपाली बजारमा
काठमाडौं । बंगलादेशको चर्चित मोबाइल फोन ब्रान्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्रान्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालिले नेपाली बजारमा उपलब्ध गराएको हो ।
सिम्फोनी ब्रान्डका छ स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी जेड–१८, जेड–२८, जेड–३२, जेड–३०प्रो र जेड–४० स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नेपाल मा भित्र्याएको सिम्फोनी ब्रान्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नवीनतम प्रविधि, आधुनिक र युवामैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षाका लागि उपयुक्त विशेषताहरुसहितका छन् । यी फोनहरु बजेट मूल्यमा अनलाइन कक्षाको लागि उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । यसमा फोटोग्राफीको लागि ड्युल र ट्रिपल क्यामरा सेटअप रहेको छ ।
कम्पनीका सेल्स म्यानेजर तथा मार्केटिङ म्यानेजरद्वय राजेश चालिसे तथा गोविन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्रान्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सुपथ मूल्यमा उपलब्ध गराइने बताए । ‘हामीले पहिलो पटक बंगलादेशको नम्बर १ ब्रान्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौँ । यो ब्रान्डका फोनहरुमा प्रिमियम फिचर राखिएको छ भने युवापुस्तालाई आकर्षित गर्ने किसिमको छ । हामीले यी फोनहरु अविश्वसनीय मूल्यमा उपलब्ध गराउनेछौँ’, सेल्स र मार्केटिङ म्यानेजरद्वय चालिसे तथा बस्यालले भने ।
उनीहरुले सिम्फोनीका मोबाइलहरुमा बिक्रीपछिको सेवा अर्थात् आफ्टर सेल्स सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखिएको र ग्राहकहरुलाई पूर्ण सेवा दिन तयार रहेको बताए । यसका साथ ग्राहकले कम्पनीबाट मोबाइल सेटमा एक वर्षे वारेन्टी अनि ब्याट्री र चार्जरमा पनि एक वर्षे वारेन्टी पाउने कम्पनीले जनाएको छ ।
हाल सार्वजनिक गरिएको ४/६४ जीबीको सिम्फोनी जेड–४० र जेड–३० प्रोको बजार मूल्य १६ हजार चार सय ९९ रुपैयाँ, ३/३२ जीबी सिम्फोनी जेड–३२ र जेड–२८ को बजार मूल्य १३ हजार चार सय ९९ र १२ हजार चार सय ९९ रुपैयाँ तथा २/३२ जीबीको सिम्फोनी जेड–१८ को बजार मूल्य ११ हजार सात सय ९९ रुपैयाँ तोकिएको छ । आगामी दिनमा कम्पनीले सिम्फोनी ब्रान्डका फिचर फोनहरुका साथै थप मोडलहरु भित्र्याउने तयारी समेत गरेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया