ओप्पोद्वारा एडब्ल्यूएस छनोट
काठमाडौं । ओप्पोले आफ्नो कलरओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई पावर इन्ह्यान्स्ड क्लाउडमा आधारित सेवा प्रदान गर्न एमेजन वेब सर्भिस (एडब्ल्यूएस), विश्वकै अग्रणी क्लाउडको छनोट गरेको घोषणा गरेको छ । यी सेवाहरुलाई इप्राइभेसी, सीएसए स्टार र आईएसओ (आईएसओ/आईईसी २७००१, २७०१८, २९१५१) मार्फत प्रमाणित गरिएको छ ।
एडब्ल्यूएसमार्फत ओप्पोले आफ्ना प्रयोगकर्तालाई आफ्ना तस्बिर, भिडियोज, कन्ट्याक्ट्स, नोट्सलगायत आवश्यक डाटाहरु क्लाउडमा सहजै सञ्चय गर्न सुरक्षित डाटा स्टोरेज सेवा उपलब्ध गराउँछ । यो फंक्सनालिटी सपोर्ट गर्न ओप्पोले सिंगापुर, फ्रान्स र भारतमा रहेका एडब्ल्यूएसका ग्लोबल पूर्वाधारको प्रयोग गरी एमेजन अउरोरा र एमेजन सिम्पल स्टोरेज सर्भिस (एमेजन एसथ्री) लगायत क्लाउडमा आधारित सेवाहरु तैनाथीलाई गति प्रदान गर्नेछ । ओप्पोको अनुपालन र सुरक्षा मुद्रामा थप सटिकता प्रदान गर्न कम्पनीले एडब्ल्यूएस क्लाउड ट्रायल, एडब्ल्यूएस कि म्यानेजमेन्ट सर्भिस, एडब्ल्यूएस नेटवर्क फायरवाल, एडब्ल्यूएस सर्टिफिकेट म्यानेजर र एडब्ल्यूएस आर्टिफ्याक्ट्सलगायत एडब्ल्यूएस सेक्युरिटी सर्भिस उपलब्ध गराउने जानकारी दिइएको छ ।
ओप्पो इन्टरनेशनल इन्टरनेट बिजनेसका प्रबन्धनिर्देशक डेभिड कुलेका अनुसार प्रयोगकर्तालाई सर्वोत्कृष्ट प्रयोग अनुभव प्रदान गर्न ओप्पोले सदैव आफ्नो ध्यान केन्द्रित गरेको छ । एडब्ल्यूएसको उद्योगकै अग्रणी क्लाउड क्षमताले क्लाउडमा आधारित आफ्ना सेवाहरु तीव्र रुपमा उपलब्ध गराउँदै विश्वभरका आफ्ना प्रयोगकर्तालाई सुलभ मोबाइल अनुभव प्रदान गर्न सघाउने उनको भनाइ छ । उपभोक्ताको सुरक्षित र सहज अनुभवको चासेलाई प्राथमिकतामा राख्दै एडब्ल्यूएसको क्लाउड सेक्युरिटी सर्भिसेजले ओप्पो उपकरणहरुमा कम्पनीको स्वामित्वको कलरओएस सञ्चालन प्रणालीमा डाटा गोपनीयता र सुरक्षामा थप सटिकता प्रदान गर्न सघाएको छ ।
‘विश्वमै व्यापकरुपमा अपनाइएको क्लाउड प्ल्याटफर्म, एडब्ल्यूएसले कुनै पनि किसिमको क्लाउड वर्कलोडलाई भर्चुअल्ली सपोर्ट गर्न आफ्नो सेवा तथा सुविधा विस्तारित गरिरहेको छ । ओप्पोजस्ता कम्पनीलाई गहिरो रुपमा आफ्ना व्यापक सेवा सुविधा, उद्योगकै अग्रणी सेक्युरिटी एण्ड कम्प्लायन्स क्षमता उपलब्ध गराउँदै तिनको व्यवसाय तथा विश्वभर रहेका उपभोक्तामाझ पु-याउन पाउँदा हामी निकै हर्षित छौँ । एडब्ल्यूएसका साथमा ओप्पोले आफ्नो विश्वव्यापी व्यवसाय तैनाथीलाई विश्वभरका देशहरुमा रहेका स्थानीय अनुपालनअनुसार सुरक्षित र सटिक तवरले गति प्रदान गर्नसक्छ’, एडब्ल्यूएस ग्रेटर चाइनाका महाप्रबन्धक लि सियाओम्याङले भने ।
एण्ड्रोइड ११ मा आधारित विद्यमान कलरओएस ११ले ओप्पोको प्राइभेट सिष्टम, प्राइभेट सेफ र पर्सनल इन्फरमेसन प्रोटेक्सनलगायत फिचर्समार्फत प्रयोगकर्ताको सुरक्षा सुनिश्चितता प्रदान गर्छ । प्राइभेट सिस्टमले प्रयोगकर्तालाई एप तथा डाटा स्वतन्त्ररुपमा चल्नका लागि छुट्टै सिस्टम एकाउन्ट बनाएर सुरक्षा प्रदान गर्छ । प्राइभेट सेफमार्फत प्रयोगकर्ताले आफ्ना महत्वपूर्ण डाटा पासवर्डमार्फत एन्क्रिप्टेड स्पेसमा गोप्य राख्न सघाउँछ ।
यसले मिडियाका लागि एक्सेस माग्ने एप्सलाई ब्ल्यांक डाटा प्रेषित गरी आफ्ना व्यक्तिगत सुचना नदिकनै एक्सेस पाउने सहुलियत उपलब्ध गराउँछ । ‘हाम्रा विश्वभरका प्रयोगकर्तालाई एडब्ल्यूएस मार्फत सुदृढ मोबाइल अनुभव प्रदान गर्न पाउँदा हामी प्रफुल्ल छौँ’, डेभिडले थपे, ‘भविष्यमा पनि ओप्पोले एडब्ल्यूएसका साथमा आफ्नो सेवामा थप बढोत्तरीका लागि तथा प्रयोगकर्तालाई सुरक्षा चासो रहित प्रविधिको अनुभव प्रदान गर्न निरन्तर प्रयास जारी राख्नेछ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया