Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालशैक्षिक छात्रवृत्ति कार्यक्रमको लागि डीएम फाउन्डेसन र एफएमएनडब्ल्यूबीच सहकार्य

शैक्षिक छात्रवृत्ति कार्यक्रमको लागि डीएम फाउन्डेसन र एफएमएनडब्ल्यूबीच सहकार्य


काठमाडौं । डीएम फाउन्डेसनले बच्चाहरूको शैक्षिक छात्रवृत्ति कार्यक्रम गर्न एफएमएनडब्ल्यू (पूर्वमिस नेपालहरुको सामाजिक संस्था)सँग सहकार्य गरेको छ । यो छात्रवृत्तिले कोभिड–१९ ले बुबा आमाको मृत्यु भएका टुहुरा बालबालिकाको शैक्षिक खर्चमा रकम जुटाउन मद्दत गर्ने बताइएको छ ।

छात्रवृत्ति कार्यक्रममा लागि कसैले सहयोग गर्न चाहेमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडमा डीएम फाउन्डेसनको आधिकारिक बैंक खातामा रकम पठाउन सकिने पनि बताइएको छ । उक्त छात्रवृत्ति पाउनको लागि विद्यार्थीको कोभिडले एक वा दुवै अभिभावक गुमाएको हुनुपर्छ ।

एफएमएनडब्ल्यू विभिन्न सामाजिक कामहरुमा निरन्तर संलग्न रहँदै आएको छ । यस्तै डीएम फाउन्डेसनले सन् २०१४ मा डीएम छात्रवृत्ति सुरु गरेको थियो । साथै फाउन्डेसनले २०७० सालको भूकम्पको समयमा राहत वितरणको कार्यक्रमहरू सुरु गरेको थियो । त्यसबेलादेखि प्राकृतिक प्रकोपमा योगदान पु-याउँदै आइरहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x