Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिशहोमको खुसीको कनेक्सन

डिशहोमको खुसीको कनेक्सन


काठमाडौं । इन्टरनेट तथा टिभी च्यानल सेवाप्रदायक कम्पनी डिशहोमले आफ्नो ‘खुसीको कनेक्सन’ अभियानअन्तर्गतको पूर्ण भिडिओ सार्वजनिक गरेको छ । डिशहोम र खुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ ।

यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिशहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।

आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिशहोमको छातादेखि नव दुलही केही हदसम्म प्रसन्न हुन्छिन् । नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुसीको कनेक्सनमा परिवर्तित हुन्छ । लोकप्रिय गायक अमित बरालको ‘म तिम्रै हुँ’ गीतमा लयबद्ध यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिशहोमसँगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ ।

नौ वटा स–साना भागहरूलाई एउटै भिडिओमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरू क्यूएचडी पिक्चर क्वालिटी, पीपीभी, पीभी आर, एक्स भीओडी, डिशहोम ‘गो एप र वेब’, विशेष सामग्रीहरू र ग्राहक सेवासँग लिंक गरिएका छन् ।

डिशहोमका लागि विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । उच्च प्रविधीका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरन्जनात्मक रहेको छ । स्लीक शटहरु, क्यामेराको चाल र सुमधुर संगीतले यो अभियानलाई गहकिलो बनाएको छ । यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरुमा गरिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x