Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगछ सय ६२ स्थानीय तहमा इन्टरनेट

छ सय ६२ स्थानीय तहमा इन्टरनेट


काठमाडौं । नेपालका कुलमध्ये छ सय ६२ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार भएको छ । गत जेठसम्म उक्त स्थानीय तहमा इन्टरनेट पुगेको जानकारी नेपाल दूरसञ्चार प्राधिकरणले दिएको हो । ती स्थानीय तहका सरकारी कार्यालयमा इन्टरनेट जडान नै भइसकेको छ । यसबाहके ५२ सय ३० वडा कार्यालय, ४६ सय तीन मावि र ३६ सय ३३ स्वास्थ्य संस्थामा पनि इन्टरनेट जडान भइसकेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणले सात सय दुई स्थानीय तहमा इन्टरनेट पु-याउन १८ प्याकेजमा सम्झौता गरे पनि ४० स्थानीय तहमा अझै पुग्न बाँकी छ । यसैबीच, प्याकेजअनुसार अप्टिकल फाइबर बिछ्याउने काम पनि विभिन्न निकायसँग मिलेर अघि बढिरहेको प्राधिकरणले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x