पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’
काठमाडौं । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले पर्यटकीयस्थल पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’ तयार गरेको छ ।
यसअघिको पर्यटकीय ब्रान्ड ‘पाराडाइज पोखरा’ लाई परिमार्जन गर्दैै पोखरा पेयर याज पाराडाइज तयार गरिएको हो । नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ गर्दै लैजाने योजनाअनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताए ।
गन्तव्यलाई सरल र स्पष्टरूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यक्ता महसुस गरी सुरुवात गरिएको उनले बताए । ब्रान्डिङले पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा चिनाउन थप बल पुग्ने उल्लेख गर्दै उनले यसको शुरुआत बोर्डले गौतमबुद्ध जन्मस्थल लुम्बिनीबाट गरेको जानकारी दिए । ब्राण्ड तयार गर्ने विज्ञ फर्मको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालामाझ विभिन्न चरणमा प्रस्तुत गरिएको थियो ।
सोबाट प्राप्त राय तथा सुझाव संकलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई अन्तिम रुप दिइएको बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिए । उहाँका अनुसार कोभिडको प्रभाव कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्र पर्यटन बजारमा प्रचार गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया