काठमाडौं । नेपाली किसानहरूको एउटा पहेलीजस्तो भएको छ कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँध । जब वर्षाको समय आउँछ अनि यो क्षेत्रमा नेपालतर्फ रहेको नेपालीहरूको जमिन र अन्नबाली मात्र होइन घर–घडेरी समेत केही बाँकी रहँदैन । एकप्रकारले सर्वस्व नै हुनेगरी डुबानको डरलाग्दो चित्र प्रत्येक वर्ष दोहोरिरहेको छ विगत दुई दशकदेखि । यो चालू वर्ष पनि त्यही क्रम दोहोरियो । छिमेकी देशले बनाएको एउटा बाँधका कारण डुबान भइरहेको छ तर आफ्नै देशले कतै सुन्दै नसुनेको अर्को डरलाग्दो अवस्था ।
विवरणअनुसार १९०१ मा नेपालको सहमतिमा महलीसागर नदीमा बनाइएको बाँध जसको नाम थियो महलीसागर बाँध । यो पुरानो बाँध पाँचढोके थियो । यो धेरै पुरानो भयो भनेर २०५९ मा निर्माण थालिएको त्यसबेलाको नयाँ बाँध १५ ढोके बन्यो । यो बाँधको ढोका मात्र राख्न बाँकी छ तर जब वर्षा लाग्छ त्यहाँबाट पानीको निकास रोक्न अस्थायी ढोकाको प्रयोग हुनेगरेको छ जसले नेपालतर्फको भू–भाग जलमग्न बन्नजान्छ ।
यो ठाउँबाट वर्षाका दिनमा स्वाभाविकरूपले पानीको वहाव रोकिन थालेको दुई दशक भयो । पुरानो पाँचढोके बाँधको मर्मतका नाममा छिमेकीबाट सधैँ यस्तै भइरहेको छ । सम्बन्धित सरोकारवालाले जानकारी दिएअनुसर यो बाँधले यता नेपाली भूमिमा यस्तो वितण्डा देखाउँछ त्यसपछि यो विषयलाई मर्मतसम्भार भनेर पन्छाइन्छ । पीडितहरूको बुझाइमा मर्मतसम्भारको पनि त कुनै समयसीमा होला । तर यो ठाउँमा सधैँ मर्मत चलिरहेको छ र जब यो मर्मत थालियो, दुई दशकदेखि उताबाट यही मर्मत भन्ने कुरा दोहोरिन्छ । यो ठाउँको दुःखद पक्षचाहिँ के हो भने राज्यलाई यो कुरा थाहा छ ।
कतिपय अवस्थामा दुई पक्षबीच वार्ता भएजस्तो पनि हुन्छ तर जब वर्षा सुरु हुन्छ उताबाट बनाइएका अस्थायी ढोका बन्द हुन्छन् र पानीको वहावले नेपाली भूमिमा पोखरी बनाउँछ । यो दुई दशकदेखि निरन्तर चलिरहँदा पनि त्यसको समाधान गर्न नखोजिनु आफैँमा निरिहताको नमूना नै हुनुपर्छ । यो डुबान कुनै एक/दुईवटा किसानका खेत मात्र होइन पूरा गाउँ नै हुन्छ ।
पानीको वहावलाई स्वाभाविकरूपमा बग्न दिइएको थियो भने यस्तो हुनेथिएन । किसानका भनाइ र अनुभवअनुसार यस्तो डुबान असारदेखि कात्तिकसम्मै कायम रहन्छ । त्यसपछि खोतीकिसानीमा के बाँकी रहन्छ ? नेपाली प्राविधिकले सरकारलाई दिनेगरेको प्रतिवेदनमा यो बाँधकै कारण प्रत्येक वर्ष तीन सय हेक्टर बढी नेपाली भू–भाग डुबानमा पर्नेगरेको छ ।
यो बाँधको अन्तरकथा लरतरो छैन । नेपालमा प्रधानमन्त्री हुनासाथ जो–कोही पनि सबैभन्दा पहिले र सकेसम्म छिटो भारतको भ्रमण गर्ने एउटा परम्परा नै बस्दै आएको छ । त्यसक्रममा भारतमा उठाइने कुरा भनी यो बाँध र यसले गरेको यस्तो डुवानको समाधान गरिने भन्ने विषय उच्च प्राथमिकतामा पर्नेगरेको छ तर यसको समाधान भने कहिल्यै भएन । पछिल्ला र बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि त्यस्तै भएको थियो ।
दोस्रो पटक प्रधानमन्त्री भएपछि उनकोे पहिलो भ्रमण भारत नै भएको थियो । त्यो भ्रमणलगत्तै प्रधानमन्त्री आफैंले अब यस्ता डुबान नहुने बताएका थिए । पीडित स्थानीयले त यसलाई बिर्सने कुरा नै भएन । ओली प्रधानमन्त्री भएको यो चौथो वर्ष हो । यो पटक त्यो क्षेत्र झनै बढी डुबानमा प-यो । आरोपजस्तो लाग्छ भने प्रधानमन्त्रीले नै निरीक्षण गरे हुन्छ । जब प्रधानमन्त्री आफैंले अब हुँदैन है भनेको कुरा उनकै कार्यकालमा प्रत्येक पटक दोहोरिरहन्छ भने योभन्दा लज्जाको विषय अरु के होला ?
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया