Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसीताराम डेरीको दुग्ध उत्पादन बजारमा

सीताराम डेरीको दुग्ध उत्पादन बजारमा


काठमाडौं । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सीताराम दूध उत्पादन र बिक्रीवितरणको २५ वर्ष पुगेको अवसरमा विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । सीताराम दूध नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेसनको भागिनी संस्थाको रुपमा स्थापना भएको सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिको उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा छ ।

सीताराम दूध आम नेपालीहरुले विगत २५ वर्षदेखि सेवन गर्दै आइरहेका छन् । आधुनिक प्रविधि सँगसँगै सीताराम गोकुल मिल्क्सले आम नेपालीको भान्सामा आवश्यक पर्ने सीताराम दूध, सीतारम घिउ, पनीर बटर तथा चिनीसहित र चिनीरहितको दही, सीताराम फ्रेस मिल्क तथा लस्सी बजारमा बिक्रीवितरणमा ल्याएको छ । एउटा दुग्ध उत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सीताराम डेरीका प्रबन्धनिर्देशक सुमित केडियाले बताए ।

सीतारामका उत्पादनहरु सजिलै विभिन्न डिपार्टमेन्टल स्टोर भाटभटेनी, बिगमार्टलगायत अन्य मार्ट तथा पसलहरुमा पाउने उनले बताए । सीताराम गोकुल मिल्क्सको बजारमा उपलब्ध दही, पनीर, बटर, फ्रेस मिल्क तथा लस्सी रहेका छन् । दही आधा तथा एक लिटर चिनीरहित र चिनीसहितको एवं लस्सी समेत एक तथा आधा लिटरमा उपलब्घ रहेको छ भने पनीर २०० ग्रामदेखि १ किलोसम्म तथा बटर पनि सोही वजनमा उपलब्ध छ । यसको साथसाथै सीताराम घियु १ तथा आभा लिटरमा एवं सीताराम फ्रेस मिल्क २०० मिलिलिटरको बोतलमा बजारमा बिक्री भइरहेको उनले बताए ।

सीताराम गोकुल मिल्क्स प्रालिले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध संकलन गरिरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x