काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भरमा ह्याकरको आक्रमण नभएको र सम्पूर्ण डेटा सुरक्षित रहेको जनाएको छ । टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डेटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको बारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपश्चात् कम्पनीले छानबिन सुरु गरेको थियो । कम्पनीले डेटा सुरक्षासम्बन्धी गाम्भीर्य मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानबिन सुरु गरेको थियो ।
कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानबिनपश्चात् कम्पनीको कुनै पनि डेटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनै पनि सत्यता नरहेको निष्कर्ष निकालिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ग्राहकसँग सम्बन्धित डेटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ । आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि आफूहरु प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया