Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिद्धि सिद्धि सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर मापदण्ड

रिद्धि सिद्धि सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर मापदण्ड


काठमाडौं ।
रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेडमध्येको एक हो । गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल भएको बताएको छ ।

कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कम्पनीको विश्वास छ । निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकलाई सिमेन्टको प्रयोगपूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धि सिद्धि सिमेन्टले पहिलो पटक गत वर्ष ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक विशेष योजना ल्याएको थियो, जसलाई नयाँ वर्ष २०७८ मा पनि निरन्तरता दिएको थियो । तर, कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण उक्त योजना स्थगित गरिएको र केही हप्तायता परिस्थिति सामान्य भएपछि कम्पनीले उक्त योजना पुनः सुचारु भएको जानकारी दिएको छ ।

योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)/९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् । साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्युआर कोड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ । अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक बिक्रेतामा सम्पर्क राख्नुपर्नेछ । यो योजना प्रथम एक हजार उपभोक्तालाई मात्र लागू हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्नेछ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x