नर्भिकको अध्यक्षमा सिंह र सीईओमा मिश्र नियुक्त
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी सञ्चालक समितिको अध्यक्ष बनाइएको हो ।
अध्यक्षमा नियुक्त सिंह विगत एक दशकभन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन् । उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआईजीबाट अवकाशप्राप्त व्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई एकेडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एण्ड पोलिस म्यानेजमेन्ट विषयमा यूकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन् ।
यसैगरी, नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका व्यक्ति हुन् । उनी एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञ समेत हुन् । उनी यसअघि युनाइटेड फाइनान्सको सीईओको रुपमा कार्यरत थिए । युनाइटेड फाइनान्सलाई नबिल बैंकमा सफल रुपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ सेक्टरबाट अवकाशको घोषणा गरेका थिए ।
मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंकलगायतका आधा दर्जन वित्तीय संस्थामा काम गरेको अनुभव छ । मिश्रले काठमाडौं युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेसनमा एमफिल (प्राचार्य)सम्मको अध्ययन पूरा गरेका छन् । नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बीएलसी होल्डिङ्सकै कायम रहनेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया