शाओमीले पहिलो पटकको ग्लोबल स्मार्टफोन मार्केटको दोस्रो स्थानमा
काठमाडौं । क्यानालिस, लिडिङ ग्लोबल मार्केट रिसर्च फार्मले आफ्नो दोस्रो त्रैमासिकको ग्लोबल स्मार्टफोन मार्केटको रिपोर्ट सार्वजनिक गरेको छ, जसमा शाओमीले १७ प्रतिशत सेयर र ८३ प्रतिशत इयर अन इयर वृद्धिका साथ एप्पललाई पछाडि पारेर दोस्रो स्थानमा अग्रता लिएको छ ।
शाओमीले अहिले आफ्नो व्यवसायको मोडेललाई च्यानल पार्टनर कन्सोलिडेसन र अधिक सावधानीपूर्वक व्यवस्थापनजस्ता पहलहरूको साथ च्यालेन्जरबाट इनकन्म्बेन्टमा रूपान्तरण गरिरहकोे छ । २०२० को चौथो त्रैमासिकमा शाओमीको ग्लोबल शिपमेन्ट ३१.५ प्रतिशतको इयर अन इयर वृद्धिका साथ पहिलोपटक एप्पललाई उछिन्दै तेस्रो स्थानमा पुगेर ४३.४ मिलियन युनिट पुगेको थियो । २०२१ को प्रथम त्रैमासिकमा १५ प्रतिशतको ग्लोबल स्मार्टफोनको मार्केट सेयरको साथ एप्पल दोस्रो स्थानमा उक्लियो जसलाई शाओमीले आफ्नो मार्केट सेयरको १४ प्रतिशतका साथ पछ्याएको थियो ।
शाओमीको ग्लोबल स्मार्टफोन शिपमेन्ट ६९.१ प्रतिशत इयर अन इयर वृद्धिका साथ ४९.४ मिलियन युनिटको थियो । शाओमीले आफ्नो पहिलो प्रिमियम फ्ल्यागशिप मी १० सिरिजको सुरू गरेदेखि यो इमेजिङ, डिस्प्ले, चार्जिङ, स्मार्ट म्यानुफ्याक्चरिङ र अधिकजस्ता महत्वपूर्ण क्षेत्रमा लगातार इनोभेटिङ हुँदै आएको छ । शाओमीले प्रिमियम बजारमा सफलता हासिल गर्न, उपभोक्ताहरूलाई अत्यधिक अग्रणी प्रविधि ल्याउन र उद्योगको दिशालाई आकार दिन सहयोग पु¥याएको छ ।
शाओमी बजारमा असंख्य उद्योगको अग्रणी प्रविधिहरू ल्याउनेमा पहिलो नम्बरमा पर्दछ । क्यामेरा टेक्नोलोजीमा कम्पनीले १०८–मेगापिक्सेल क्यामेरा, जीएन २ क्यामेरा सेन्सर र एक इनोभेटिभ लिक्विड लेन्सको प्रस्तुत गरेको छ । शाओमीले आफ्नो पहिलो प्रिमियम फ्ल्यागशिप मी १० सिरिज सुरू गरेदेखि यो इमेजिङ, डिस्प्ले, चार्जिङ, स्मार्ट म्यानुफ्याक्चरिङ र अधिकजस्ता महत्वपूर्ण क्षेत्रमा लगातार नयाँ हुँदै आएको छ ।
शाओमीले ब्याट्री चार्जिङमा पनि पहिलो पटक २०० वाटको वायर्ड चार्जिङ र १२० वाटको वायरलेस चार्जिङका साथ नेतृत्व गरिरहेको छ । थप रूपमा, यसले पहिलो पटक ग्राफिन–आधारित लिथियम–आयन ब्याट्री र दोस्रो–जेनेरेसनको सिलिकन अक्सिजन ब्याट्रीहरू भित्र्याएको हो । शाओमी मोबाइल फोन सिरामिकमा पनि अग्रणी छ जसले इन्डस्ट्रिि एक्स्प्लोरेसनलाई अग्रणी बनाएको छ ।
यस्तै शाओमीको स्मार्ट फ्याट्रीको पहिलो चरणले काम सुरु गरेको छ । यसको उत्पादन लाइनहरू अटोमेटेड छन् र प्रतिवर्ष एक मिलियन हाई–एन्ड स्मार्टफोनहरू निर्माण गर्न सक्षम छन् । शाओमीले २०२० मा आर एन्ड डीमा करिब आरएमबी १० अरब लगानी गरिसकेको छ, यस वर्ष यो संख्या ३० देखि ४० प्रतिशतले बढ्ने आशा गरिएको छ ।
यसैबीच, शाओमीले टेक्नोलोजी ट्यालेन्टको लागि १० लाख अमेरिकी डलर पुरस्कार प्रोजेक्ट, युवा इन्जिनियरहरूको लागि इन्सेन्टिभ प्लान आदि जस्ता धेरै मल्टिपल ट्यालेन्ट इनसेन्टिभहरु सुरू गरिसकेका छन् । शाओमीका लगभग सात सय युवा इन्जिनियरहरूलाई जुलाई महिनाको इन्सेन्टिभ प्लानको अनुसरण गर्दै १६ मिलियनको सेयर प्रदान गरिएको थियो ।
शाओमीको ग्लोबल एक्सपान्सनका साथै नयाँ खुद्रा च्यानलहरूको रूपान्तरणले कम्पनीलाई दोस्रो ठूलो स्मार्टफोन निर्माता बन्न मद्दत गर्न महत्वपूर्ण शक्ति बनेको छ । क्यानालिसको पछिल्लो ग्लोबल स्मार्टफोन डेटाका अनुसार, शाओमीले विदेशी बजारमा तीव्र गतिमा विस्तार गरिरहेको छ, ल्याटिन अमेरिकाको बजारमा तीन सय प्रतिशत, अफ्रिकामा एक सय ५० प्रतिशत र पश्चिमी युरोपमा ५० प्रतिशतभन्दा बढी इयर अन इयरको वृद्धि भएको छ ।
शाओमीको २०२० को त्रैमासिकको नतिजाअनुसार शाओमी स्मार्टफोनले विश्वभर सयभन्दा बढी बजारमा प्रवेश गरिसकेको छ । १२ बजारमा स्मार्टफोन बजार सेयरको हिसाबले नम्बर १ र युरोपमा नम्बर २ को स्थानमा छ । साथै, आईडीसी वल्र्डवाइड क्वाटर्ली शिपमेन्ट्स ट्र्याकर, २०२०को चौथो त्रैमासिक अनुसार, शाओमी नेपाल फूल २०२० वर्ष साथै व्यक्तिगत रूपमा पहिलो त्रैमासिक, तेस्रो त्रैमासिक र चौथो त्रैमासिककोे नम्बर १ स्मार्टफोन ब्रान्ड रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया