Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरोटरी ‘इ–क्लब’मा महर्जनको नेतृत्वमा नयाँ निर्देशक परिषद् गठन

रोटरी ‘इ–क्लब’मा महर्जनको नेतृत्वमा नयाँ निर्देशक परिषद् गठन


काठमाडौं । नेपालकै पहिलो र विश्वको एक सय १३औँ रोटरी ‘इ–क्लब’मा अरविन्द कुमार महर्जनको नेतृत्वमा नयाँ निर्देशक परिषद् गठन गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रोटरी इ–क्लब अफ नेपाल, डिस्ट्रिक्ट ३२९२ नवौँ प्रतिस्थापन दिवसको अवसरमा महर्जनको नेतृत्वमा नयाँ निर्देशक परिषद् गठन गरिएको हो ।

रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर रोटेरियन सन्तोष प्रसाद रिजालको प्रमुख आतिथ्यमा रोटरी इ–क्लब अफ नेपालको प्रतिस्थापन दिवस मनाइएको थियो । नयाँ निर्देशक परिषद्मा रोटेरियन सुरज महर्जन, पूर्वअध्यक्ष, रोटेरियन रोशन महर्जन, आगामी वर्षको अध्यक्ष, रोटेरियन कुसुम तामाङ पौड्याल, मनोनीत अध्यक्ष, रोटेरियन राज श्रेष्ठ, उपाध्यक्ष, रोटेरियन रविन मान बज्राचार्य, सचिव, रोटेरियन युगल बज्राचार्य, कोषाध्यक्ष, रोटेरियन सञ्जीव उदास, निर्देशक (प्रशासन), रोटेरियन दिपेन्द्र तन्डुकार, निर्देशक (दि रोटरी फाउन्डेसन– टी आर एफ), रोटेरियन निरन्जन श्रेष्ठ, निर्देशक (जन–सम्पर्क), रोटेरियन सुनिल डंगोल, निर्देशक (सदस्यता), रोटेरियन महेश बज्राचार्य, क्लब प्रशिक्षक, रोटेरियन रविन्द्र महर्जन, सूचना सञ्चार तथा प्रविधि, रोटेरियन कन्चन तामांग, सम्पादक रहेका छन भने रोटेरियन अनिल श्रेष्ठ, संस्थापक अध्यक्ष र रोटेरियन उत्तम पौड्याल, सर्जेन्ट इन आर्म (अनुशासन) चयन भएका छन् ।

यस क्लबले आजको मितिसम्म सामाजिक सेवाको क्षेत्रमा विभिन्न कामहरु गर्दै आइरहेको छ । वि.सं. २०७२ सालको भूकम्पमा यस क्लबले पुनर्निर्माण र राहतमा विशेष भूमिका खेलेबापत अन्तर्राष्ट्रिय रोटरीबाट ‘विशेष पुरस्कार’ प्राप्त गरेको थियो । यस क्लबले काभ्रेको दल्सिंगे, भक्तपुरको अनन्त लिंगेश्वर र ललितपुरका विभिन्न स्थानहरुमा अस्थायी बसोबासको व्यवस्था तथा स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x