ओप्पोद्वारा रेनोभेटर्स इमर्जिङ आर्टिस्ट प्रोजेक्टको घोषणा
काठमाडौं । ओप्पोले आधिकारिक रुपमा ओप्पो रेनोभेटर्स २०२१, इमर्जिङ आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करणको घोषणा गरेको छ । विश्वभरका कला तथा प्रविधि प्रेमीहरुको प्रतिस्पर्धा हुनाका साथै नयाँ रचनाकारलाई कला तथा प्रविधिमार्फत भविष्यको सटिक कल्पना गर्न सघाउने प्ल्याटर्फमका रुपमा सघाउने पनि ओप्पो रेनोभेटर्सको उद्देश्य छ ।
विश्वभर रेनोभेटर्स कार्यक्रमको थालनीमार्फत ओप्पोले उदीयमान कलाकारहरुका लागि तिनका काम प्रदर्शित गर्ने तथा स्थापित कलाकारहरुसँग प्रेरित हुँदै तिनका मार्गदर्शन प्राप्त गर्दै अमूल्य करियर अवसरहरु प्राप्त गर्न सघाउने सक्रिय समुदायको निर्माण गर्नेछ । ओप्पो रेनोभेटर्सले नयाँ सिर्जनाकारहरुलाई प्रविधिमार्फत आफ्ना सृजना तथा सोच प्रस्फुटनका लागि प्रेरित गर्छ ।
कार्यक्रमको ब्राण्ड इनिसिएटर (आरम्भकार)का रुपमा ओप्पोका उपाध्यक्ष तथा अध्यक्ष, ग्लोबल मार्केटिंग विलियम ल्यूले भने, ‘ओप्पोले सधैँ सृजनात्मक युवा पुस्ताका शक्तिमाथि विश्वास गर्दै तिनका उत्कृष्टता विश्वका सामू ल्याउने चाहना बोकेको छ । विश्व बदल्ने प्रेरणा आजका युवापुस्ताबाटै आउने सम्भावना प्रबल छ । त्यसैले हामी तिनका रचनात्मक सोचलाई सार्थकता दिन सदैव तत्पर छौँ ।’
कम्पनीका अनुसार यस वर्षको रेनोभेटर्स कार्यक्रमको थिम (विषय) प्रकाश हो । अधिकांश जीवनका लागि अपरिहार्य अंग तथा पृथ्वीमा शक्तिको प्रमुख स्रोतका रुपमा प्रकाशलाई सधैँ माया तथा आशाजस्ता सकारात्मकताको प्रतीकका रुपमा लिने गरिन्छ । प्रकाशको न्यानोपन तथा चमकमार्फत शान्ति र आशावादको प्रत्याभूति दिन सकिने र यसैमार्फत युवा रचनाकारहरुलाई कलाको नयाँ सीमा कोर्दै तिनको सिर्जनशीलताका लागि झिल्का प्रदान गर्न सकिने कुराप्रति ओप्पो आशावादी छ ।
ओप्पो रेनोभेटर्सको विषय, प्रकाश मातहत आर्ट टेक र आर्ट टोय गरी दूई ब्यवसायिक प्रतिस्पर्धाका कोटी सम्मिलित छन् । साथै, रचनात्मक उत्साहीहरुका लागि पोटे«ट खिच्ने स्पर्धा पनि राखिएको छ । आर्ट टेक कोटीमा युवा कलाकारहरुले स्वतन्त्ररुपमा कला र प्रविधिको फ्युजन प्रस्तुत गर्न सक्नेछन् । आर्ट टोय कोटीमा कलाकारहरुलाई ओप्पोको म्यासकोट, ओलीमा आफ्नो सृजनात्मक स्वतन्त्रता कलेक्टिबल डिजाइनर टोयका रुपमा प्रस्तुत गर्न सक्नेछन् । त्यसैगरी, पोट्रेट क्याप्चर कोटीमा प्रतिस्पर्धीहरुले पोट्रेट इमेज वा भिडियामार्फत मानव कथाहरु प्रस्तुत गर्न सक्छन् ।
कलाकारहरुलाई ग्लोबल स्टेज :ओप्पो रेनोभेटर्सले कार्यक्रममा सहभागी प्रतिभावान् कलाकारहरुको विकासका लागि ओप्पोको ग्लोबल संसाधन प्रयोगमा ल्याउनेछन् । विभिन्न उपहार तथा अवार्डका साथै छनोटमा परेका कलाहरु लन्डन डिजाइन फेस्टिवल र दुबई वर्ल्ड एक्स्पो जस्ता ग्लोबल एग्जिबिसन तथा ग्लोबल अनलाइन एग्जिबिसनहरु मा प्रदर्शित हुने अवसर प्रदान गरिने जानकारी दिइएको छ । साथै, रेनोभेटर्स २०२१मा सहभागिता जनाउने युवा डिजाइनर्सले ओप्पोको अनुबन्धित डिजाइनर हुँदै व्यावसायिक रुपमा आफ्नो रचनात्मक सोचलाई सार्थकता प्रदान गर्ने अवसर समेत हात पार्न सक्नेछन् ।
ओप्पो रेनोभेटर्स २०२१को आयोजना विश्वका उत्कृष्ट आर्ट तथा डिजाइन संस्थाहरु संगको मात्र सहकार्यमा नभइ यसमा चर्चित कलाकार तथा डिजाइनरहरु निर्णायक मण्डलीमा सम्मिलित छन् । सम्मिलित चर्चित नामहरुमा लेजेन्डरी अन्तर्राष्ट्रिय डिजाइनर तथा भिडियो आर्ट गेरी हिलका संस्थापकहरुमध्येका एक कासिवा साटो, अडियोभिज्यूअल आर्टिस्ट ¥योची कुरोकावा र ब्राण्डिंग कन्सल्ट्यान्ट टोम्मी ली रहेका छन् ।
ओप्पो रेनोभेटर्समा भाग लिन तथा थप जानकारीका लागि ओप्पो रेनोभेटर्सको आधिकारिक वेभसाइटमा जान सकिन्छ । प्रतिस्पर्धामा सहभागिताका लागि आर्टवक्र्स अगस्ट २९, २०२१ जीएमटी २४ः०० भन्दा अगाडि बुझाउनुपर्नेछ । प्रतिस्पर्धाको अन्तिम नतिजा सेप्टेम्बर १८, २०२१ को जीएमटी २४ः०० भन्दा अगाडि घोषणा गरिने जानकारी दिइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया