पूर्वाधार परियोजनामा अनावश्यक राजनीति नगर्न विज्ञहरूको सुझाव
काठमाडौं । पूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्ननहुने बताएका छन् । आर्थिक समृद्धिका लागि ठूला पूर्वाधार विकास अपरिहार्य भएको बताउँदै उनीहरूले यसमा अनावश्यक बहस गर्नुनहुने बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले पोलिसी आन्ट्रपेन्योर्स इंक (पीइआई)सँगको सहकार्यमा आयोजना गरेको महाकाली, गण्डक र अरुणः ठूला पूर्वाधारमा घरेलु राजनीति र सार्वजनिक संवाद विषयक कार्यक्रमका सहभागीहरूले पूर्वाधार विकास गर्दा पुर्व तयारीको क्रममा परियोजनाबारे जनतालाई बुझाउने र जानकारी दिने तथा अपनत्व बढाउनेतर्फ भने पर्याप्त काम हुनुपर्ने बताए । पूर्वाधार परियोजना निर्माण गर्दा अर्थतन्त्रसहित राष्ट्रहित महत्वपूर्ण हुने बताउँदै उनीहरूले पूर्वाधार परियोजनालाई अनावश्यक राजनीतिबाट टाढा राखेर राष्ट्रहितमा अधिकत्तम उपयोग गर्नुपर्ने र भोटको लागि बार्गेनिङ गर्ने औजार बनाउन नहुने बताए । पूर्वअर्थमन्त्री डा. रामशरण महतले पूर्वाधार विकासलाई राजनीतिक रूपमा नहेरी राष्ट्रको हितलाई ध्यानमा राखेर आयोजना सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
अरुण तेस्रो पञ्चायतकालमै अध्ययन भएको भई २०४८ मा सरकारले एक अर्ब डलर विश्व बैंक र एसियाली विकास बैंकबाट एक अर्ब अनुदान प्राप्त गरी सञ्चालन आउन लागेकामा तत्कालीन प्रमुख प्रतिपक्षी दलले रोकेको उनको भनाई थियो । सार्वजनिक निकायबाट लगानी असम्भव भएमा निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनुपर्ने बताउँदै उनले प्रतिस्पर्धात्मक रूपमा परियोजना दिँदा नेपालले ठूलो फाइदा लिनसक्ने बताए । अरुण तेस्रो र माथिल्लो कर्णालीमा सरकारले धेरै निःशुल्क ऊर्जा र सेयर पाएको उल्लेख गर्दै उनले बुढीगण्डकीलाई विनाप्रतिस्पर्धा दिन खोजिनु गलत भएको बताए । नेपाल दक्षिण एसियाकै स्वच्छ ऊर्जाका लागि प्रमुख स्थान भएकोले नेपालको ऊर्जा विकासलाई विशेष महत्व दिनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं राष्ट्रियसभाका सदस्य डा. बिमला राई पौडेलले पूर्वाधारका आयोजनामा प्रतिस्पर्धामा ठेक्का भनिए पनि स्वस्थरूपमा काम हुननसकेको बताइन् । ‘विद्यार्थीकालमा म पनि अरुण तेस्रोका विरुद्ध नारा लगाएर हिँडेँ, अहिले एमसीसीका विरुद्ध त्यस्तै भइरहेको छ, मलाई पनि एमसीसी पास गरिस् भने मार्छु भन्ने सन्देशसमेत प्राप्त गरेँ, यस्ता विषयमा सरकारले सार्वजनिकरूपमा सही जानकारी गराउनुपर्छ’, उनले भनिन् । सत्तामा हुँदा र सत्ताबाहिर हुँदा राजनीतिक नेताहरूमा एउटै परियोजनाबारे पक्ष र विपक्ष हुने प्रवृत्ति विकासका लागि ठूलो घातक भएको उनको टिप्पणी थियो ।
आईबीएनका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले पूर्वाधार आयोजनामा निजी क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी कार्यक्रम ल्याउनुपर्ने बताए । निजी क्षेत्रमार्फत र प्रतिस्पर्धात्मक रूपमा परियोजना अघि बढाउँदा यसले लगानी आकर्षण गर्न सहयोग पुग्ने उनले बताए । ठूला परियोजना अघि बढाउन सबै सरकारी निकायबीचको समन्वय महत्वपूर्ण हुने उनको तर्क थियो । ठूला परियोजनाहरूबारे पूर्वतयारीदेखि नै स्थानीयबासी, सर्वसाधारण, नीति निर्माता, राजनीतिकलगायत सबै सरोकारवालाहरूलाई पर्याप्त मात्रामा सही सूचना दिनुपर्ने बताउँदै परियोजना निर्माण गर्दा त्यसबाट अर्थतन्त्र हुने फाइदा, रोजगारी सिर्जना, प्रतिफल लगायतमा विशेष ध्यान दिनुपर्ने बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का पूर्वउपाध्यक्ष कुमार पाण्डेले विदेशी लगानी ल्याउने, नल्याउनेलगायतका विषयमा सरकारमै अन्योलता रहेको बताउँदै विकासलाई बार्गेनिङ गर्ने थलोको रूपमा विकास गर्ननहुने बताए । ठूला पूर्वाधार आयोजनाप्रति नेपालमा नकारात्मक धारणा बढिरहेको बताउँदै विकास निर्माण पूर्णरूपमा प्राविधिक विषयक भएकोले यसलाई राजनीतिभन्दा पनि आर्थिक र सामाजिक फाइदाको दृष्टिले हेर्नुपर्ने उनले बताए । कार्यपत्र प्रस्तुत गर्दै पूर्वसहसचिव एवं पूर्वाधारविद् कमल पाण्डेले ठूला परियोजना अघि बढाउँदा उच्चस्तरको नेगोसेसन क्षमता, निजी क्षेत्रको भूमिका, राजनीतिक प्रतिबद्धता, स्रोतको उपयोगितामा समावेशीता, अनुगमन प्रणालीलगायत महत्वपूर्ण हुने बताइन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया