काठमाडौं । नयाँ सरकारले आफू गठन भएको हप्तादिनको सेरोफेरोमा नै खासगरी कोरोना महामारीविरुद्ध र खोप अभियानका सन्दर्भमा केही नयाँ कामहरू सुरु गरेको पाइयो । यो सरकारले पहिलो काम नै खोपको व्यवस्थापन बनायो । त्यसपछि पटक–पटक प्रधानमन्त्रीले आफ्नो तीन प्राथमिकता तोके । त्यसमा पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप भनेर यो विषय सरकारको नजरमा सबैभन्दा माथि रहेको देखाएको छ । यो सकारात्मक कुरा हो ।
नेपाल मात्रै होइन यतिबेला संसार नै खोप मात्र एकसूत्रीय नीति बनाएर चलिरहेको छ । यो महामारीले एक/डेढ वर्षकै बीचमा ठूलो जनधनको क्षति ग¥यो संसारभरि नै । यसबाट कसरी त्राण पाउने भन्ने उपाय खोज्दाखोज्दै धेरैको ज्यान गएको छ । यही क्रममा खोपको कुरा आएको हो । करिब–करिब एक वर्षको बीचमा खोप प्राप्त हुनु यो ठूलो मानवीय उपलब्धि थियो समग्र मानवजातिकै लागि । यतिबेलाको समय भनेको त्यो उपलब्धिलाई हरेक देशले आफ्ना नागरिक समक्ष पु¥याउनु हो । सरकार यो अभियानमा लागेको भन्ने देखाउँछ उसको यो भनाइले । वास्तवमा नै यसमा सरकार अलिकति पनि चुक्नै हुन्न ।
खोपको प्रयास पहिले पनि नगरिएको होइन । गएको माघ १४ मा नेपाली शरीरमा पहिलो खोप पर्दा संसारका धेरै मान्छेले यो अवसर पाउन बाँकी थियो । नेपालले त्यसलाई प्राप्त ग¥यो । त्यसका लागि त्यसबेला पनि सरकार प्रशंसित भएकै हो । त्यसदिन तत्कालीन प्रधानमन्त्रीले आउँदो वैशाखसम्ममा सबैलाई खोप दिने घोषणा गरेका थिए । त्यो भनेको तीन महिनाको समय थियो । तर भनिएअनुसार त्यो समयमा खोप पाइएन । खोपविनाको अर्को छ महिना बित्दा चालू वर्षभरिमा खोप लगाइसक्ने भन्ने कुरा आयो तिनै प्रधानमन्त्रीबाट ।
फागुन महिनामा दिइएको आधा खोप यो साउन महिना लाग्दा समेत पूरा हुन सकेको छैन । जब कि पहिलो डोज दिएपछिको एक महिनामा दोस्रो डोज दिनुपर्ने थियो । यतिलामो समयको अन्तर पर्दा त्यो पहिलो डोजको प्रभावकारिता के हुन्छ भन्ने कम्तीमा त्यसको प्रयोग गरेका १०–१५ लाख नागरिकको मनमा त परेको छ नै । यो डोज खरिद भएमध्येको हो । यति लामो समयसम्म खरिदकै वस्तु आएन भने सरकारी व्यवस्थापन कस्तो होला भन्ने अनुमान गर्ने ठाउँ छ नै । त्यस कारण सरकारले जति बाचा गरे पनि नागरिकले पत्याइहाल्ने ठाउँ छैन । यो ठाउँमा कुराभन्दा कामको आवश्यकता छ ।
तेस्रो हो, वितरणको कुरा जो उपलब्धतासँगै सहजता पनि हुनुपर्छ । खोप लाउन थालेको दिनदेखि ती केन्द्रहरू संक्रमणका केन्द्र बन्ने खतरामा थिए जो आजसम्म पनि त्यस्तै छन् । नयाँ प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि बोलेको पहिलो वाक्य नै सबैलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने कुरा हो । त्यसको भोलिपल्ट मात्रै आधा दर्जन जति खोप केन्द्रहरूको आफैँ निरीक्षणमा निस्किए ।
यसअघि पनि उनले खोप केन्द्र थपेर सहज बनाउन र मापदण्ड अपनाएर खोप लिन आग्रह गरे । तर यी सबै हुँदा पनि स्थिति सुध्रिएको पाइएन । गएका दुई दिन खोपकै कारण कतिपय ठाउँमा लाठीचार्ज गरायो भने कतिपयलाई अत्यधिक तनाव दियो । जब खोप लिन नै यति धेरै गाह्रो हुन्छ भने त्यसले दिने सन्देश सकारात्मक हुँदैन । कम्तीमा खोप केन्द्रहरूमा मान्छेलाई एकअर्कासँग जोडिएर बस्नुपर्ने र त्यो पनि पाँच÷सात घण्टा लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य नभएसम्म खोप पाउनेभन्दा महामारी सर्ने खतरा रहन्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया