Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको वाच ‘एस’ घडी सार्वजनिक

रियलमीको वाच ‘एस’ घडी सार्वजनिक


काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादनअन्तर्गत रियलमी वाच ‘एस’ भेरिएन्टको घडी सार्वजनिक गरेको छ । यो रियलमीको गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडी हो । ३.३ सेमिको ठूलो रंगीन टचस्क्रिन प्रस्तुत गरी पाँच तहको अटो ब्राइटनेसलाई समर्थन गर्ने गरी यसको डिजाइन गरिएको छ ।

यसैगरी रियलमी वाच ‘एस’ स्मार्टघडीले मुटुको वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । साताका सातै दिन र चौबीसै घण्टा स्वास्थ्य सहायक ट्रेन्डसेटिङ स्मार्टघडीको रुपमा यसले आफ्नो उपस्थिति जनाएको छ । नेपाली बजारमा यसको मूल्य नौ हजार नौ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीका अनुसार रियलमी वाच ‘एस’ घडीले पाँच तहको स्वचालित ब्राइटनेस स्क्रिनको समर्थन गर्दछ भने उच्चस्तरमा ब्राइटनेस छ सय निटसम्मको पहुँचमा हुन्छ ।

सय प्लस स्टेलिस वाच फेसअन्तर्गत रियलमीले प्रयोगकर्ता तथा प्रसिद्ध डिजाइनरसँगको सहकार्यमा रियलमी वाच एसको ट्रेन्डी डायलहरु डिजाइन गरिएको छ । घडीमा अन्य उच्चस्तरका प्रिमियम सामग्रीहरुको प्रयोग गरिएको छ । रियलमी वाच एसको बडी ६०६३ आल्मुनियम अलोयबाट बनेको छ जसले गर्दा घडी बढी मजबुत र कम तौलको रहेको छ । यसको स्ट्राप (पेटी) उच्चस्तरको तरल सिलिकोनले बनेको छ जुन टिकाउ, नरम र स्कीन– फ्रेन्ड्ली रहन्छ । कालो, निलो, हरियो र सुन्तला रंगमा यसको स्ट्रापहरु उपलब्ध छन् । २.५ डी कर्निङ गोरिल्ला ग्लास रहेको यो निर्बाध र अधिक सहज टच प्रदान गर्छ ।

स्वास्थ्य सहायकको रुपमा रियलमी वाच ‘एस’ स्मार्टघडी उच्च सटिक पीपीजी अप्टिकल हृदयदर सेन्सरद्वारा निर्मित छ, जसले २४/७ तपाईँको हृदयको गति मापन गरिरहेको हुन्छ । यसैगरी रियलमी वाच ‘एस’ स्मार्टघडीले मुटुको वास्तविक गति मापनका साथै शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ ।
हृदयको गतिदर उच्च वा न्यून भयो भने यसले सतर्क गराउँछ । यसले १६ स्पोर्टस मोड समर्थन गर्नेमा रक्त–अक्सिजन मूल्यांकन, सक्रियता क्षमता परीक्षण, शुद्ध दैनिक हिँडाइको पाइला संख्या गणना, आराम, पानी, निद्रा, मेडिटेसन अभ्यासलगायतको सूचना ठीक ढंगमा जानकारी दिने काम गर्छ ।

रियलमी वाच ‘एस’ घडीबाटै स्वचालित रुपमा फोन अनलक गर्न सकिन्छ, जुन छिटो र सुविधा सम्पन्न छ । मानिसहरुले आजकल मास्क लगाउनुपर्ने कारणले हालको समयको लागि यो सुविधासम्पन्न छ । संगीत सुन्नुप-यो अथवा फोनको क्यामेरा अन गर्न प-यो भने रिमोर्ट कन्ट्रोलको रुपमा यसबाटै गर्न सकिन्छ भने यसैगरी घडीमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र काट्न सकिने सुविधा यसले दिएको छ ।

रियलमी एआईओटी रणनीतिक अंशको रुपमा यसको निर्माण गरकोेले यो कम्पनीको एआईओटीमा महत्वपूर्ण उत्पादनमध्ये एक हो । नयाँ ओटीए अपडेटका कारण यो घडीलाई अन्य बहु एआईओटी उपकरणसँग टाढैबाट लिंक गर्न सकिने भएकाले स्मार्टफोन नखोलेरै टाढैबाट अपरेट गर्न सकिन्छ ।

‘विश्वमा तीव्र रुपमा विस्तार हुँदै गएको एआईओटी ब्राण्ड’ लक्ष्यअनुसार २०२१ मा रियलमीले एआईओटी उत्पादन गरिरहेको छ । कम्पनीले यूएनआई स्मार्ट एआईओटी उत्पादनलाई रियलमीसँग लिंक गर्ने र ‘निजी प्रयोजन, घरायसी प्रयोजन र यात्राको प्रयोजनका रुपमा प्रयोग गरेकामध्ये ३ मा १ ट्रेन्डसेटरको उच्च चार स्मार्ट हबको अनुभूति प्रदान गर्ने गरी कम्पनीले काम गरिरहेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x