Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्प्राइटको ‘क्लियर रह’ शीर्षकको समर क्याम्पियन सुरू

स्प्राइटको ‘क्लियर रह’ शीर्षकको समर क्याम्पियन सुरू


काठमाडौं । कोका–कोलाको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘क्लियर रह’ शीर्षकको समर क्याम्पियन सुरू गरेको छ । कम्पनीका अनुसार यस अभियानको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो ।

यो अभियान जेनरेसन जेड ग्रुपका युवाहरुको लागि लक्षित गरिएको कम्पनीले जनाएको छ । यसले सबै कुराहरु खुला र पारदर्शी रुपमा लिन्छन् । स्प्राइटले तत्काल आवश्यक रिफ्रेसमेन्ट प्रदान गर्दछ, जसले युवालाई मेन्टल्ली र फिजिकल रुपमा रिसेट गर्न मद्दत गर्दछ । त्यसैले उनीहरू सधैँ सुखी रहन्छन् र आफ्नो विचारलाई छर्लंग प्रस्तुत गर्दछन् ।

यस अभियानको नयाँ टीभीसीमा स्प्राइटको ब्रान्ड एम्बेसेडर अनमोल केसी छायांकित छन्, जसमा उनी लामो र तातो गर्मीको दिनपछि आराम गर्दै घर फर्किँदै गरेको देखिन्छ । यद्यपि उनको बुबाले भने उसलाई कता गएको र किन आफ्नोे समय खेर फालेको भनेर गाली गर्दछन् । उनले त्यसपछि स्प्राइटको चिसो बोतल समातेर चुस्की लिन्छन् र तुरुन्तै उनी रिफ्रेस हुन्छन् ।

आफ्नो बाबुले भनेको सबै कुराहरुलाई मध्यनजर गर्दै उनले आफ्नो प्राथमिकताहरुलाई पुनः रिसेट गर्दछन् र त्यसपछि उनले आफ्नो चिसो स्प्राइटको बोतलको साथ गेमिङमा आफ्नो समय बिताउँछन् । ‘क्लियर रह’ अभियान स्प्राइटको विश्वव्यापी अभियान ‘लेट्स बि क्लियर’ को एक हिस्सा हो, जुन नेपालका युवाहरुमा स्थानीयकरण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x