Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस एनटर्क रेस एडिसन नेपालमा

टीभीएस एनटर्क रेस एडिसन नेपालमा


काठमाडौं । जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले टीभीएस एनटर्क रेस एडिसन नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले टीभीएस एनटर्क रेस एडिसनलाई नेपाली बजारमा आइतबार भर्चुअल माध्यमबाट लन्च गर्ने भएको छ ।

जगदम्बा मोटर्सको अफिसिएल फेसबुक पेजबाट आइतबार साँझ ५ बजे लन्च गर्ने कम्पनीले जनाएको छ । टीभीएस एनटर्क १२५ स्कूटर, टीभीएस मोटर कम्पनीद्वारा निर्मित रहेको छ । फेब्रुअरी २०१८ नेपालमा लन्च गरिएको टीभीएस एनटर्क १२५ को स्कुटरले बजारमा ब्लुटुथजडित पूर्ण डिजिटल स्पिडोमिटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी, स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टिल्थ इन्स्पायर्ड स्टाइलिङ आदिजस्ता सबैभन्दा पहिले दाबी गर्दछ ।

सन् २०१८ मा टीभीएस एनटर्क १२५ लाई नेपालमा पहिलो ब्लुटुथजडित स्मार्ट स्कुटरको रूपमा सुरू गरिएको थियो । यो नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कुटरको रूपमा स्थापित गर्न सक्षम भएको कम्पनीको दाबी छ ।

केही वर्षदेखि, ब्रान्ड उद्योगको पहिलो प्रविधि, बेजोड शैली, र चयन अन्तर्राष्ट्रिय बजारहरूमा उत्कृष्ट प्रदर्शनको पर्यायवाचीमा योे स्थापित भएको छ । एक वर्षपछि सन् २०१९ मा यो नेपालको सबैभन्दा छिटो वृद्धि गर्ने स्कुटरको रुपमा परिचित हुन सफल भएको छ । सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटरको रुपमा स्थापित भएको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x