मेवा खोला हाइड्रोपावर निर्माणको लागि सात अर्ब लगानी जुट्यो
काठमाडौं । मेवा खोला हाइड्रोपावर निर्माणको लागि सात अर्ब रुपैयाँ लगानी जुटेको छ । प्रदेश नंं. १ को ताप्लेजुङ्गको साबिक थुकिमा, लिङतेप एवं खाम्लुङ्ग गा.वि.स. (हालको मेरिङदेन गाउँपालिका) मा युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिले ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
आयोजना निर्माणको लागि सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक र सिभिल बैँकसहित सात बैंकहरूले सात अर्ब रुपैयाँ (६ अर्ब ७५ करोड आवधिक कर्जा र २५ करोड रुपैयाँ चालू पुँजी कर्जा) ऋण लगानी गर्ने भएका छन् । उक्त ऋण लगानीका लागी प्रवर्द्धक कम्पनी एवं बैंकहरूबीच गत बिहीबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
परियोजनाको अनुमानित लागत करिब नौ अर्ब रुपैयाँ रहेकोमा बैंकहरूले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा छ अर्ब ७५ करोडबराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट एक अर्ब ४५ करोड, कुमारी बैंकबाट एक अर्ब, मेगा बैंक नेपालबाट एक अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट एक अर्ब नेपाल एसबीआई बैंकबाट ८० करोड, सिद्धार्थ बैंकबाट एक अर्ब र सिभिल बैंकबाट ५० करोड रुपैयाँ लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवर्द्धकहरूबाट जुटाइनेछ ।
आयोजनाको निर्माण आगामी तीन वर्षभित्र नै निर्माणसम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जानकारी दिएको छ ।
निर्माण सम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोरअन्तर्गतको ढुङ्गेसाँघुस्थित सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घण्टा र वर्षामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ गिगावाट घण्टा विद्युत् उत्पादन हुने आयोजनाकाले भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया