ओप्पोको सिक्सजी ह्वाइट पेपर सार्वजनिक
काठमाडौं । ओप्पो रिचर्स ईन्स्टिच्यूटले आधिकारिकरुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर ‘सिक्सजी एआई–क्यूब इन्टेलिजेन्ट नेटवर्किङ’ सार्वजनिक गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तीकरणमा कसरी टेवा पु-याउन सक्छ भन्ने दूरसञ्चार उद्योगकै पहिला पहिलो नमूनाका रुपमा यो ह्वाइट पेपरले अर्को पुस्ताको दूरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको छ ।
सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाहरुमाथि प्रारम्भिक अध्ययनका लागि हाल ओप्पोल प्रि—रिसर्च (पूर्वशोध) टोलीको गठन गरेको छ । सिक्सजीले एआईसँग मानव अन्तर्क्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्न सक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने ओप्पोको विश्वास छ ।
सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरणहरु एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुनेछन् । तिनले विभिन्न प्रयोग चरणहरुमार्फत एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिष्कृत एआई मोडलहरुका लागि डाटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालार्ई अझ इमर्सिभ अनुभव प्रदान गर्नेछ । उदाहरणका लागि स्वचालित सवारीहरुमा सिक्सजी सञ्जालहरुले सवारीको अवस्थिति र वातावरण (समय र मौसम) का आधारमा उपयुक्त एआई अल्गोरिदमको उपयोग गर्दै इष्टतम (अप्टिमल) कम्युनिकेसन कनेक्सनको छनोट गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया