काठमाडौं । नेपाल उद्योग परिसंघको उपाध्यक्षमा सात जना चयन भएका छन् । परिसंघको विधानअनुसार सात जना उपाध्यक्ष चयन गर्न पाइनेछ । परिसंघको गभर्निङ काउन्सिलले उपाध्यक्ष चयन गरेको हो । परिसंघको १८औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
परिसंघको सात उपाध्यक्षमा निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल र रोहित गुप्ता चयन भएका छन् । मंगलबार परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका हुन् । परिसंघको विधानअनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उनीहरु उपाध्यक्ष भएका हुन् । उनीहरुको शपथ ग्रहण पनि मंगलबार नै सम्पन्न भएको छ ।
कार्यक्रममा परिसंघका अध्यक्ष एमिरेट्स चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणी संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्विचत पदाधिकारीहरूलाई शुभकामना दिए । उनले हरेक विषयमा गृहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै नीति निर्माणमा परिसंघले सकारात्मक हस्तक्षेप अघि बढाउनुपर्ने उल्लेख गरे । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगीकरणका निम्ति केन्द्रित हुने बताए । औद्योगीकरणविना मुलुकको दीगो विकास असम्भव रहेको भन्दै उनले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
यसैगरी परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीतिनिर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालू आर्थिक वर्षको बजेटमा समेत महत्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत् उत्पादकबाट उद्योगले विद्युत् खरिद गर्नसक्ने तथा ’मेक इन नेपाल स्वदेशी – अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए ।
परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको बताए । उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात् गरी राष्ट्रनिर्माणमा महत्वपूर्ण योगदान दिनुपर्ने बताए ।
कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद् सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल र राष्ट्रिय परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया