काठमाडौं । अमानवीयताको हदै भयो दार्चुलामा । एउटा जिउँदो मान्छे अर्को मान्छेका कारण ज्यान गुमाउन बाध्य भयो । घटना जे भयो सामान्यतया त्यो पत्याइसक्नु छैन । अझ ती अकालमा ज्यान गुमाउन पुगेका युवकका आफन्तहरूमा त कस्तो अवस्था गुज्रिरहेको होला भन्ने अनुमान पनि गर्न सकिने अवस्था छैन । कसैले कहिल्यै कल्पना नै नगरेको घटना भयो त्यो ठाउँमा त्यो दिन ।
तुइनबाट नदी पार गरिरहेको एउटा मान्छेलाई किनारामा बसेको अर्को एउटा मान्छेले जानीबुझी तुइन खुस्काइदियो र वर्षाको उर्लँदो नदीको भेलमा झारेर बगाइदियो । एउटा मान्छेले यो हदसम्मको अपराध गर्ला भन्ने कल्पना समेत गर्न सकिँदैन । यस्तो संकटमा पर्दा मान्छेले सहयोग गरेका धेरै उदाहरण छन् । तर यो ठाउँमा त्यसको उल्टो रूप देखियो मानिसको राक्षसी अवतारमा ।
यसमा अझ उल्लेख्य पक्ष के छ भने यस्तो अमानवीय काम गर्ने व्यक्ति कुनै देशको सार्वजनिक सेवा अर्थात् सरकारी पदधारक थिए । ती कुन देशका राष्ट्रसेवक थिए भन्ने पछिको कुरा होला तर उनले कुनै मान्छे संकटमा परेको बेला जोगाउनुपर्नेमा उल्टो हत्या गरे । पारिबाट तुइनमा चढेर वारि आउँदै गरेको मान्छेको तुइन नै छिनाइदिनु भनेको सामन्य अपराध होइन । यसलाई सङ्गीन हत्याको सूचीमा राखेर अनुसन्धान अगाडि बढाउनुपर्ने त्यो काम राज्यले अविलम्ब गरोस् । स्थानीय प्रशासनले मुख खोल्न सकेको छैन । यसले पनि शंका बढाउँछ । घटनाका प्रत्यक्षदर्शीहरू छन् ।
स्थानीय जनप्रतिनिधिका भनाइमा भारतीय एसएसबीले तुइन काटेर हत्या गरेको हो । स्थानीयको दाबी छ– यो दुर्घटना होइन, हत्या हो, ती युवकले तुइन प्रयोग गरिरहेकै बेला भारतीय सीमा सुरक्षा बलका जवानले तुइनलाई काटिदिँदा उनी नदीमा खसेर बेपत्ता भएका हुन् । समाचार विवरण पनि यसरी नै आरहेका छन् ।
सत्तारुढ दलले विज्ञप्ति नै निकालेर यही कुरालाई पुष्टि हुने खालको घटना बताएको छ । यसबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन भन्दै सत्तारुढ दलका प्रवक्ताको पनि कुरा उस्तै छ । त्यो भवितव्य मात्रै थियो भने यी कुराहरू आउने थिएनन् । तुइनको प्रयोग जोखिमको विषय नै हो । तर त्यसको पनि एउटा सीमा हुन्छ । यो मानिसले जानाजान खुस्काइदिएको अवस्था हो । अनुसान्धन भयो भने नजिकैबाट देख्ने पनि भेटिएलान् । सरकार यसमा गम्भीर हुनैपर्छ ।
यो घटना नेपालको दार्चुलाको व्यासबाट छिमेकी देश भारतको उत्तराखण्ड राज्यमा पर्ने पिथौरागढ जाने क्रमको हो । घटनामा परेर अकालमा ज्यान गुमाएका नेपाली युवा भारतको त्यो भूमिको बाटोबाट नेपाल आउन सजिलो हुने भएर यसको प्रयोग गरको थिए ।
जानकारीमा आएअनुसार घटनामा परेका युवक काठामाडौँका लागि घरबाट हिँडेका थिए । त्यो बाटो सहज त थियो तर पुल नबनेका कारण तुइनको भर पर्नुपर्ने थियो । जब युवक नदीको मध्य भागमा पुगे भारतीय किनाराबाट तुइनको तार काटियो र हेर्दाहेर्दै ती नेपाली युवा उर्लँदो नदीमा बेपत्ता भए । तार काटिएको भन्ने विवरण आएको छ । छिनेको र काटिएकोमा फरक हुन्छ । अध्ययन अनुशन्धानका सूत्रहरू प्रशस्तै छन् । सरकारले अविलम्ब छानबिन गरेर दोषीमाथि कारबाही गर्न पहल थाल्नुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया