स्वरोजगारमूलक मिडियाहरूलाई सहुलियतपूर्ण कर्जा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वरोजगारमूलक साना तथा मझौला उद्योग व्यावसायसँगै स्वरोजगारमूलक मिडियाहरूको लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नेबारे सरकार प्रयत्नशील रहेको बताएका छन् । नेपाल पत्रकार महासंघद्वारा केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनले सहुलियतपूर्ण कर्जाको आवश्यक व्यवस्था मिलाउन राष्ट्रबैंकसँग पनि कुरा भइसकेको जानकारी दिए ।
यस्तै मन्त्री शर्माले कोभिड संकटबाट पार पाउन कसैको एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै सबै सरोकारवालाको सुझाव र सामूहिक प्रयत्नबाट राहतसम्बन्धी उचित निर्णय गरिने स्पष्ट पारे । दलीय स्वार्थभन्दा माथि उठेर संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेतर्फ सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
साथै उनले संविधान रक्षाको आन्दोलनमा मिडिया क्षेत्रले खेलेको भूमिकाको प्रशंसा समेत गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढतापूर्वक उभिने भन्दै उनले गल्ती कमजोरीहरू औंल्याएर रचनात्मक सहयोग गर्न आम सञ्चारजगत्लाई आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले सञ्चार क्षेत्रमा संघीयता कार्यान्वयन गर्नुपर्ने, कोभिड पीडित सञ्चारकर्मीहरूको लागि राहत र पुनस्र्थापना, समानुपातिक विज्ञापन नीति कार्यान्वयन, प्रेस स्वतन्त्रताको सम्मानलगायतका विषयहरूमा सरकार प्रतिबद्ध रहनुपर्ने बताए । उनले सरकारको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्ने मिडियाको धर्म भएकोले यसको सम्मान गर्ने वातावरण निर्माणमा जोड दिए ।
पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारहरूको पेशागत सुरक्षा, न्यूनतम पारिश्रमिक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षालगायतमा सरकारले सरकारले परिणाममुखी काम गर्नुपर्ने सुझाव दिए ।
महासंघले अर्थमन्त्रीसँग कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्वयनका विषयमा छलफल गरेको थियो । यस्तै कार्यवाहक अध्यक्ष विष्टले बजेट कार्यान्वयनका साथसाथै सञ्चारसँग सम्बन्धित विभिन्न कानुनको विश्लेषण गरी तयार पारेको पुस्तिका मन्त्री शर्मालाई हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया