दोलखा । दोलखा सदरमुकाम चरीकोट आसपासमा कोरोना संक्रमण दर भयावह बन्दै गएको छ । बिहीबार मात्र चरीकोट बजार र आसपासका तीन दर्जनभन्दा बढी मानिसलाई संक्रमण पुष्टि भएको छ । सदरमुकाम चरीकोट रहेको भीमेश्वर नगरपालिकाका ३४ जनालाई संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
बजारमामा दैनिक संक्रमण वृद्धि हुँदै गएपछि बजारका करिब एक दर्जन व्यापारीले आफ्नो व्यवसाय नै बन्द गरेका छन् । जोखिम रहेर व्यवसाय सञ्चालन गर्दा परिवारका सदस्यलाई कोरोना संक्रमण भएकाले पसल बन्द गरेको चरीकोट एक व्यवसायीले बताए । यस्तै जिल्लाभर भने ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरीकोट अस्पतालमा रहेको पीसीआर ल्याबमा ७४ जनाको स्वाब परीक्षण गरिएकामा ४३ जना र स्थानीय तहमा १७ जनाको एन्टिजिन परीक्षण गरिएकोमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा भीमेश्वर नगरपालिकाका ३४, जिरी नगरपालिकाका एक, कालिञ्चोक गाउँपालिकाका २, गौरीशंकर गाउँपालिकाका २, विगु गाउँपालिकाका ३, तामाकोशी गाउँपालिकाका एक, शैलुङ गाउँपालिकाका २, मेलुङ गाउँपालिकाका एक र बैतेश्वर गाउँपालिकाका एक रहेका छन् । योसँगै जिल्लामा सक्रिय कोरोना संक्रमित हुनेको संख्या चार सय आठ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । साउन महिना करिब पाँच सय जनालाई संक्रमण पुष्टि भएको हाल चार सयभन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका छन् ।
जिल्ला सदरमुकाम चरीकोटमा स्वास्थ्य मापदण्ड पालना गर्नेतर्फ स्थानीय बासिन्दाहरू, कतिपय व्यवसायीहरू सचेत नबन्दा तथा प्रशासनबाट पनि मापदण्ड पालना गराउन आवश्यक कडाइ नगरिएको कारण परिस्थिति नियन्त्रणबाहिर जानसक्ने भन्दै अगुवाहरूले सचेत गराएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया