Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको सीयूजी सेवामा अफरै अफर

टेलिकमको सीयूजी सेवामा अफरै अफर


काठमाडौं । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप – सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी छ । कम्पनीका अनुसार कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दश जना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आबद्ध गराउन सकिन्छ । सीयूजी सेवामा आबद्ध सदस्यहरुबीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरमा पनि कुराकानी गर्न सकिन्छ ।

कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी दुई सय, पाँच सय, एक हजार र एक हजार पाँच सय रुपैयाँका दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध छन् । कम्पनीले उपलब्ध गराइरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले दुई सयको प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कलबाहेक थप एक सय मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने एक जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले पाँच सय रुपैयाँको प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कलबाहेक थप पाँच सय मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा एक सयवटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने पाँच जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

यी दुईबाहेक पोस्टपेड मोबाइलका ग्राहकले एक हजार र एक हजार पाँच सय रुपैयाँका अन्य प्याकेज समेत प्रयोग गर्न सक्दछन् । एक हजार रुपैयाँको प्याकेजअन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा एक हजार मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा एक सय मिनेट कल गर्न सकिन्छ । साथै यस प्याकेजमा १० जीबी डाटा चलाउन र दुई सयवटा एसएमएस पठाउन सकिन्छ । यसैगरी एक हजार पाँच सय रुपैयाँको प्याकेजअन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा एक हजार पाँच सय मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ ।

यस प्याकेजमा अन्य नेटवर्कमा दुई सय मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र चार सयवटा एसएमएस पठाउन सकिन्छ । कुनै संस्था/कार्यालयले ग्रुपमा सहभागी गराउनु पर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । न्यूनतम १० जना प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x