रियलमी बन्यो संसारकै छिटो १० करोड स्मार्टफोन बिक्री गर्ने ब्राण्ड
काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले विश्वभर १० करोड स्मार्टफोन बिक्री गर्न सफल रहेको छ । सन् २०२० र २०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बाबजुद रियलमी तीव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा स्थापित भएको हो ।
स्ट्राटेजी अनालिटिक्सको बजार अध्ययनले तीन वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्टफोन ब्राण्ड रियलमी भएको देखाएको छ । सन् २०२१ को दोस्रो क्वार्टरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा रियलमी देखिएकोमा अन्तर्राष्ट्रिय तथ्यांक निगम (आईडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत रहेको छ ।
फाइभजी विस्तारमा आक्रामक देखिएको रियलमीले २०२१ को दोस्रो क्वार्टरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्टको रिपोर्टले देखाएको छ । साथै रियलमीले २०२१ को दोस्रो क्वार्टरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्टफोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ ।
तीन वर्षअघि मात्रै सन् २०१८ मा स्थापित रियलमी हाल विश्वको सातौँ ठूलो स्मार्टफोन ब्राण्ड बनिसकेकोमा विश्वभर ६१ भिन्न बजारमा उपलब्ध छ भने बंगलादेश र फिलिपिन्समा पहिलो, भारत र रसियामा चौथो र युरोपियन बजारको केही क्षेत्रमा पाँचौँसहित १३ वटा बजारमा यसको उच्च ५ स्मार्टफोनभित्र रहेको छ । १० करोड कोशेढुंगाका साथ विश्वमा शानदार उपस्थित जनाएको रियलमी उदाउँदो नयाँ ब्राण्ड हो ।
यसअघि नै १२५ वाटको अल्ट्राडार्ट चार्जिङ प्रविधि पहिलोपटक प्रयोग गर्ने र क्वाल्कम स्न्यापड्रागन ८८८ प्रोसेसरलाई पहिलोपटक प्रयोगमा ल्याइ रियलमीले आफ्नो एउटा परिचय बनाइसकेको छ । यो फोन ६४ मेगापिक्सल क्यामेरासँग आउँछ । अझ रियलमी फाइभजी फोन नेरु २४ हजारभन्दा कम मूल्यमा बेच्ने कम्पनी हो । विश्वमा युवापुस्तालाई लक्षित गर्दै युवा उद्यमीलाई लिएर रियलमीले विभिन्न स्थापित ब्राण्ड निर्माण गरिरहेको छ ।
कम्पनीका सीईओ स्काई लिले बितेका तीन वर्षमा औद्योगिक भावनाका साथ एउटा उचाइ चुम्न रियलमीले उत्साहप्रद वृद्धि गरेको बताए । स्मार्टफोन बजारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै उनले विश्वमा आफ्ना उपभोक्तालाई सुलभ मूल्यमा प्रिमियम रेन्जका मोबाइल फोन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे । लीले आगामी २०२२ मा १० करोड रियलमीका मोबाइल फोन बिक्री गर्ने र २०२३ भित्र संसारभर थप १० करोड स्मार्टफोन सेट ढुवानी गर्ने दोहोरो कोशेढुंगा प्राप्त गर्ने दाबी गरे ।
रियलमीका उपाध्यक्ष तथा भारत तथा युरोपका लागि सीईओ माधव शेठले चुनौतीदेखि उन्नतिसम्मको नाराका साथ रियमली सधैँ नम्बर वान ब्राण्ड बन्ने लक्ष्य राखेको बताए । उनका अनुसार यी उपलब्धि हासिल गर्न कम्पनीले व्यापक उत्पादन विकास रणनीति लिएको छ, जसलाई २ तरिकाले विस्तार गर्ने योजना कम्पनीको छ । हालै फ्ल्यागशिप जीटी सिरिजलाई फ्लागशिप किलरमा रुपान्तरण गर्दै रियलमीले मध्यमदेखि उच्च वर्गलाई लक्षित गर्दै उत्तर युरोप तथा चीनमा पठाएको छ ।
यसैगरी कम्पनी आगामी पाँच वर्षभित्र विश्वमा प्रविधि प्रयोगकर्ताका लागि पूर्ण एआईओटी ब्राण्ड उपलब्ध गराउने रणनीति समेत लिएर अघि बढेको छ । १+५+ टि रणनीति (जहाँ १ भनेको मोबाइल फोन, ५ भनेको वाइरलेस स्टेरियो एयरफोन, वेरबल, टीभी, ट्याब्लेट, ल्यापटप र टी भनेको एआईओटीको टेकलाइफ हो) अनुसार कम्पनी अघि बढेको छ । रियलमी आफ्नो उपभोक्तामाझ टेक्नोलोजीले सुधारिएकोे जीवनशैली किफायती मूल्यमा प्रदान गर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
- सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम
- भरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा
- सिद्धार्थ बैंकको व्यवस्थित लगानी कोषको आकार एक अर्ब नाघ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया