काठमाडौं । जहाँ जुनसुकै अवस्थामा पनि सुकुमबासी भन्नासाथ अति विपन्न वर्गको समूहलाई बुझाउँछ । जसको आफ्नो नाममा जमिन छैन । जमिन नै छैन भने घरघडेरीका कुरा पनि भएन । उनीहरूको बास सार्वजनिक जमिनमा अस्थायी टहरा बनाएर चलिरहेको हुन्छ । खासगरी सहरी क्षेत्रमा जहाँ खाली र सरकारी तथा खोला किनारमा सुकुबासी बस्ती हुन्छन् ।
दैनिक ज्यालादारी आदिबाट उनीहरूको गुजारा पनि अस्थायी रूपमा नै चलेको हुन्छ । सुकुमबासीको अर्को पीडा हो सुकुमबासीलाई बेला–बेला सरकारले उपलब्ध गराउने वा यस्तै अरु सुविधा अरुले अर्थात् हुकुमबासीले हडप्ने । अर्थात् यस्तो मौका आयो भने टाठाबाठा वा सत्ताका वरिपरि रहेकाहरू सुकुमबासीमा रूपान्तरित हुने र वास्तविक सुकुमबासीको भाग खोस्ने गर्छन् ।
पछिल्लो समय एउटा त्यस्तै चित्र देखियो । नवगठित गठबन्धन सरकारले यसअघिको एमाले सरकारले गठन गरेकोे सुकुमबासीलाई जमिन वितरण गर्ने उद्देश्यको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिदियो । यसले देशभरि नै सुकुमबासीका नाममा जमिन वितरण गर्ने काम थालेको थियो । चितवन महानगरपालिकाको निर्वाचनमा पराजित एमालेका एक केन्द्रीय सदस्यको नेतृत्वको त्यो भूमिसम्बन्धी आयोग खारेज गरेको विरोधमा नेकपा एमालेले आन्दोलनको घोषणा ग-यो । सम्बद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन ग-यो साउन २१ मा । त्यही सन्दर्भमा काठमाडौंको मनोहरा सुकुमबासी बस्तीबाट सुकुमबासीहरूको एउटा जुलुस निस्कियो ।
मनोहराको यो सुकुमबासी बस्ती सबैभन्दा ठूलो मानिन्छ । त्यो बस्तीबाट मूल सडकसम्म निकालिएको यो जुलुसमा यस्ता व्यक्ति पनि देखिए जो हातमा सुकुमबासी भएको प्लेकार्ड थियो र गलामा भने चार-पाँच तोलाको सिक्री । त्यही प्रदर्शनको क्रममा सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्बिर देखिन्छ जसमा उनले निधारमा कालो फेटा बाँधेका छन् र हातमा ‘जमीन त खोसिस सरकार, नागरिकता पनि खोस् भन्ने नारा बोकेका छन् । यो भनको सुकुमबासीको पीडा बोल्ने भाषा हो । तर उनको गलामा भने निकै ठूलो सुनको माला, सिक्री थियो । यसैलाई इंगीत गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आयो– सुकुबासीको गलामा सुनको माला !
सुकुमबासीका गलामा यस्तो सुनको माला देखिएको बेला यता सुनको भाउ भने तोलाको लाखको हाराहारीमा थियो । यो ठाउँमा देखिएको त्यो मालामा रहेको सुनको मात्रा करिब पाँच तोलको अनुमान गर्दा पनि यसको मूल्य पाँच लाखको हाराहारीमा रहने भयो । सामान्यतया नेपाली समाजमा सुनका गहनाहरू महिला वर्गले बढी प्रयोग गर्छन् । उनका गलामा यस्तो देखिएको भए धेरै ख्याल हुनेथिएन होला । पुरुषले यस्तो गहना पहिरनु विशेष शोखको विषय मानिन्छ । त्यसो भए के त्यसबेलाको सरकारले यस्तै सुनका माला लगाउने सुकुमबासीलाई जग्गा दिन खोजको हो ? त्यो प्रक्रिया खारेज भएपछि उनीहरू जसरी आन्दोलनमा आए त्यसले आफैँ यस्तो प्रश्न जन्माउँछ । उत्तरचाहिँ उनीहरूले नै देलान् जसले यस्ता व्यक्तिहरूलाई सुकुमबासी मानेर जमिन बाँड्दै थिए । यो आयोग खारेज नभएको भए केही दिनको अन्तरमा नै जमिन बाँड्ने काम सुरु हुनेथियो, जसबाट यस्तो माला लगाउनेका नाममा पनि के–कति हो भाग लाग्ने थियो नै ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया