Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो भी–२१ ई स्मार्टफोन बजारमा

भिभो भी–२१ ई स्मार्टफोन बजारमा


काठमाडौं । भिभोको भी–२१ ई प्रोफेसनल स्मार्ट फोन नेपालमा सार्वजनिक गरिएको छ । भी २१ ई फोनमा ४४ एमपीको आई अटो फोकस फ्रन्ट क्यामरा जडान गरिएको छ । यसमा नाइट पोट्रेट समेत समावेश हुँदा यसले राम्रो फोटोग्राफी र भिडियोग्राफी गर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।

भी २१ ई स्मार्ट फोन साउन २४ देखि २६ गतेसम्म खरिद गर्नेले लन्च अफरको रुपमा निःशुल्क इयर बड जित्ने अवसर समेत पाउनेछन् । भीभोको नयाँ उत्पादन भी २१ ईमा उत्कृष्ट फ्रन्ट क्यामेरा र विशेष सफ्टवेयर अटो फोकस फिचरका कारण सफा इमेज, बेटर नाइट सट, फोर के गुणस्तरको स्टेबल भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ ।

शक्तिशाली ४४ एम.पी.को एफ/२.० अपार्चरले गर्दा प्रकाश कम भएको ठाउँमा पनि रिजल्ट राम्रो दिन्छ । यसमा रहेको डुवल भ्यू भिडियो, स्लो मोसन सेल्फी भिडियो, ४के सेल्फी भिडियो ८ स्टेडी फेस सेल्फी भिडियोले प्रयोगकर्ताले चाहेजस्तो परिणाम दिनेछन् । प्रभावशाली ६४ एम.पी. नाइट क्यामेराले उत्कृष्ट इमेज क्वालिटी दिन सक्छ र माइक्रो फोटोग्राफीमा अरु क्यामेरा भन्दा राम्रो परिणाम दिन्छ । वाइड एङ्गल र विशेष कम्प्लेक्स सटको कम्बिनेसनले सबै प्रकारको वातावरणमा गुणस्तरिय फोटोग्राफीको अनुभव प्रदान गर्दछ ।

कम्पनीका अनुसार फोरके गुणस्तरको इमेज, भिडियो र इलेक्ट्रोनिक इमेज स्टेबिलाइजेसनले उत्पादनलाई सानो साइजमा राख्न मद्दत गर्दछ । भी २१ ईलाई क्वालकम स्न्याप ड्रागन ७२० जी प्रोसेसर, ८ जी.वी र्याम र १२८ जीबी रोम रहेको छ र यसमा ३ जीबी एक्सटेन्डेबल -यामको विशेषता रहेको छ । ३३ वाट फ्ल्यास चार्जले उपभोक्तालाई आवश्यक पर्दा क्षमता बढाउन सक्ने बनाइएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ३९ हजार नौ सय ९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x