रेडक्रस र कोका–कोला फाउन्डेसनद्वारा स्वास्थ्य क्षेत्र र खोप अभियानमा सहयोग
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो)ले कोका–कोला फाउन्डेसनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुको सुरक्षा बढाउन साझेदारी गरेको छ । यो साझेदारीको उद्देश्य नेरेसोका स्वयंसेवकहरुलाई सरकारको नेतृत्वमा रहेको खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई खोप लगाउन यातायात सुविधा प्रदान गर्नु हो ।
नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक डा. मनिता राजकर्णिकार र कोका–कोला नेपालका प्रतिनिधिहरुले महाराजगञ्जको शिक्षण अस्पतालका डा. रमेश महारनांकलाई गत बिहीबार सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए । साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएसनका स्वास्थ्य पेशेवरहरुलाई व्यक्तिगत सुरक्षा सामानहरु वितरण गरिएको छ । वितरणमा १२ हजार पाँच सय सर्जिकल मास्क, पाँच हजार जोडी पन्जा र नौ सय ६० सेनिटाइजर बोतल सामेल छन् ।
यसबाहेक, संयुक्त पहलमा नेपालभरका १० जिल्लाहरुमा गरिएको छ जहाँ ३१ हजारभन्दा बढी लाभार्थीहरु नेपाल सरकारद्वारा सञ्चालित खोप केन्द्रहरुबाट पुगिसकेका छन् । यो अभियान मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र बागमती प्रदेशको धादिङ जिल्लामा साथै कास्की, तनहुँ, गोरखा, लमजुङ र गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लाहरुमा गरिएको छ ।
नेपाल रेडक्रसका रक्तसञ्चार सेवाका प्राविधिकहरु, स्वास्थ्यकर्मीहरु र एम्बुलेन्सहरु पनि सहयोगी सामग्री प्राप्त गर्ने लाभार्थीहरुको हिस्सा भएका छन् । ‘नेपाल रेडक्रस र दी कोका–कोला फाउन्डेसनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्न र ‘स्टप द स्प्रेड’ अभियानलाई मूर्तरुप दिने एउटा प्रयास हो’, नेपाल रेडक्रस स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णिकारले भनिन् । नेरेसोसँगको सहकार्य कोका–कोलाको ‘स्टप द स्प्रेड’ अभियानको एक हिस्सा हो ।
नेपालमा कोभिड—१९ को फैलावट रोक्न मद्दत पु-याउन, भ्याक्सिनेसनको सुविधा उपलब्ध गराउन, सुरक्षा सामग्री प्रदान गर्न र जागरुकता कार्यक्रमहरु निर्माण गर्न नेपाली दुई दशमलव चार करोडको प्रारम्भिक योगदानको सहयोग गरिँदै यस क्याम्पियनलाई वर्षको सुरुमा घोषणा गरिएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया