प्रधानसेनापतिको कार्यभार शर्मालाई हस्तान्तरण
काठमाडौं । कायममुकायम प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी प्रभुराम शर्माले सम्हालेका छन् । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सोमबार एक कार्यक्रमका बीच कायममुकायम प्रधानसेनापति शर्मालाई कार्यभार हस्तान्तरण गरेका हुन् । थापाले आफ्नो ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधानसेनापतिको तीनवर्षे कार्यकाल आगामी भदौ २४ गते पूरा गर्दै छन् । कार्यकाल पूरा हुनुभन्दा पहिला एक महिना घरबिदा बस्ने प्रचलनअनुसार सेनापति थापा मंगलबारबाट घरबिदा बस्ने भएकोले प्रधानसेनापतिको कार्यभार हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारबाट लागू हुनेगरी शर्मालाई कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी प्रदान गरेकी थिइन् । नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरु, निमित्त रक्षासचिवलगायत रथीवृन्द, अधिकृत, पदिक तथा सकलदर्जाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रधानसेनापति थापाले नेपाली सेनाले शर्माको रुपमा एक अनुभवी र क्षमतावान् नेतृत्व प्राप्त गर्न लागेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नेपाली सेना थप पेसेवर हुने विश्वास लिएको बताए । त्यसैगरी शर्माले सैनिक संगठनमा सामूहिक भावना नै सर्वोपरि रहेको र यसका लागि तालिमको महत्व रहेको चर्चा गर्दै विगतका उपलब्धिहरुलाई संस्थागत गर्दै सुधारका विषयहरुलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसअघि नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै प्रधान सेनापति थापाले पद्धति र प्रणालीहरुको सुदृढीकरणमा सबैको योगदान हुनुपर्ने तथा नेपाली सेनाका सकल दर्जाले सिपाहीको विशिष्ट चरित्रलाई सदैव कायम राख्नुपर्ने कुरामा जोड दिएका थिए । उक्त कार्यक्रमपश्चात् पूर्वप्रधानसेनापतिहरूले जंगी अड्डा परिसरमा वृक्षरोपण समेत गरेका थिए । उक्त बुझबुझारथ कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार जंगी अड्डा परिसरमा रात्रिभोजको आयोजना समेत गरिएको थियो । साथै, प्रधानसेनापति थापाले सोमबार वीरगतिप्राप्त सकलदर्जाको सम्मानमा वीर स्मारक, छाउनी तथा श्री सैनिक मञ्च, टुँडीखेलमा श्रद्धाञ्जली समेत अर्पण गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया