सिजन युवा क्लब तनहुँद्वारा अशोक लेल्यान्डको दोस्त एम्बुलेन्स खरिद
काठमाडौं । सिजन युवा क्लब तनहुँले आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेल्यान्डको दोस्त एम्बुलेन्स खरिद गरेको छ । कम्पनीले तनहुँको डुम्रेमा आयोजित एक कार्यक्रमका बीच सिजन युवा क्लब साथै शान्ति आमा समूहलाई दोस्त मोडलमा निर्मित सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
कार्यक्रममा आईएमई मोटर्स प्रालिको तर्फबाट कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ साथै क्लबका अन्य सदस्यहरुलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा श्रेष्ठले डुम्रेमा यस प्रकारको सुविधायुक्त एम्बुलेन्स गैर–नाफा मुलक संस्थाद्वारा खरिद गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । अरु एम्बुलेन्सभन्दा दोस्त एम्बुलेन्स धेरै ठूलो र फराकिलो रहेको हुँदा बिरामी साथै बिरामीका सदस्य र डाक्टर बस्न मिल्ने व्यवस्था गरिएको हुँदा टाढा अस्पताल पुग्नुपर्दा सजिलै लिएर जान सकिने उनले बताए । स्वास्थ्य सेवा, विशेषगरी आपत्कालीन स्वाथ्यसेवाको पहुँचलाई सहज बनाउन संस्थाद्वारा खरिद गरेको उनको भनाइ छ ।
आईएमई मोटर्सले दोस्त एम्बुलेन्स साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यमबाट बिक्रीवितरण गर्दै आएको छ । गत वैशाख महिनामा आईएमई मोटर्सद्वारा पाँचवटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरिएको थियो । आईएमई मोटर्सले एम्बुलेन्ससहित विषेश सुविधायुक्त दमकल, मोटररी भ्यान, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया