Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअर्थमन्त्री नेपाल आर्थिक संघको मानार्थ सदस्य

अर्थमन्त्री नेपाल आर्थिक संघको मानार्थ सदस्य


काठमाडौं । नेपाल आर्थिक संघले अर्थमन्त्री जनार्दन शर्मालाई मानार्थ सदस्यता प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच संघले शर्मालाई सदस्यता प्रदान गरेको हो । कार्यक्रममा शर्माले अर्थविद्हरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको औँल्याएका थिए । देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्न नहुने भन्दै विषयविज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको उनले बताए । आफूले यस विषयमा योजना बनाइरहेको समेत उनले जानकारी दिए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौँ भन्ने घमण्ड कर्मचारीहरुमा पलाउन सक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले कुनै नीति र योजना तय गर्दा विज्ञहरुको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताए । नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरुले अर्थ मन्त्रालयलाई सघाउँदै आएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने बताए ।

यस्तै अर्थविद् डा. भवानी ढुंगाना, डा. शिवराज अधिकारी, गोपाल तिवारीलगायतले नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाइदा पुग्नेखालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिए । उनीहरुले सरकारले विभिन्न समयमा अनुसन्धान गराउने गरेको भए पनि अध्ययन प्रतिवेदन पुस्तकालयमा थन्क्याउने गरिएको गुनासो समेत गरे ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x