आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गर्ने पाँच जना पक्राउ
कैलाली । आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गर्ने पाँच जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–७ बाट आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर रोल ७७ (जम्मा स्टिकर संख्या दुई लाख ८८ हजार छ सय ७४), ७० यूपी ३०० एमएल लेखिएको छाप तीन थान, तीन थान स्ट्याम प्याड र मसीसहित पाँच जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने १९ वर्षीय संजित कुमार, सोही ठाउँ बस्ने २० वर्षीय रिंकु कुमार, २२ वर्षीय सुरेश कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने ४० वर्षीय राज कुमार शाह र पर्सा वीरगञ्ज नगरपालिका–१३ घण्टाघर बस्ने ५५ वर्षीय विजय गुप्ता रहेका छन् । संजित कुमारले चलाएको ना.३२प ६२८१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ वटा कार्टुनभित्र आन्तरिक राजस्व विभाग लेखिएको उक्त स्टिकर फेला पारी संजित र मोटरसाइकलमा सवार रिंकुलाई पक्राउ गरेको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरुमध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर भएका स्टिकर पटक–पटक दोहोरिएको पाइएको र उक्त स्टिकर गौरीगंगा नगरपालिका–७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिबाट ल्याई उनीहरु बस्ने कोठामा छाप लगाउन लैजानलागेको भन्ने खुल्न आएपछि उनीहरु बस्ने कोठामा तलासी गर्दा छाप, स्ट्याम प्याड र र मसी समेत फेला पारी बरामद कोठामा रहेका राज कुमार, विजय र सुरेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।
आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उक्त वेष्टर्न लिकर्स प्रालिमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरेको छ । उनीहरुलाई आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया