Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविदेशका नेपाली श्रमिक उद्धार र पुनर्स्थापनामा राहतमुखी कार्यक्रम ल्याउन माग

विदेशका नेपाली श्रमिक उद्धार र पुनर्स्थापनामा राहतमुखी कार्यक्रम ल्याउन माग


काठमाडौं । गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार र पुनर्स्थापनामा राहतमुखी कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । संघको एक प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुनर्स्थापनालगायतका विषयमा यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।

यस्तै भेटमा संघका अध्यक्ष कुमार पन्तले हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयक अगाडि बढाउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । यस्तै संघका पूर्वअध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका बिट्रिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गरे । उनले पनि लामो समयदेखि संसद्मा विचाराधीन रहेको गैरआवासीय नेपाली नागरिकताको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

भेटमा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भएबमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकतालगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए । संघको प्रतिनिधिमण्डलमा संघका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणालगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x