लापिलाङमा पहिरोले ४ सय जनाको खेतीयोग्य जमिन नष्ट, १५ परिवार सुकुम्बासी बने
दोलखा । जिल्लाको उत्तरी भेग लापिलाङको रानीवन र घट्टे खोलामा गएको पहिरोले चार सय जना स्थानीयको खेतीयोग्य जमिन बगाएको छ । पहिरोले कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का चार सय घरपरिवारको हजारौँ रोपनीमा खेत र बारी पहिरोले बगाएको वडा कार्यालयले तथ्यांक निकालेको छ ।
गत वर्ष र यस वर्ष लगातार गएको पहिरोले चार सय पाँच जनाको खेतीयोग्य जमिन पहिरोले बगाएको सोही वडाका वडा अध्यक्ष सुबास थामीले जानकारी दिए । केही दिनअघि वडालाई बागमती प्रदेश सरकारले क्षति र पीडितको तथ्यांक तत्काल निकाल्न निर्देशन दिएअनुसार वडाले पीडितको तथ्यांक संकलन गरेको हो । त्यसैगरी बस्ने घर र पहिरोले गरिखाने खेतबारी बगाउँदा १५ घर परिवार सुकुम्बासी बनेका छन् । यस्तै वडा नम्बर ५ को कारोबारी, देवी थान, कात्तिके लगायतका सयौं घर परिवार अहिले पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।
गतवर्षको पहिरोले यहाँका नौ घरपरिवारलाई घरविहीन बनाएको थियो । वडा कार्यालय भवन समेत पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष थामीले बताए । मंगलबार पहिरोको निरीक्षण गर्न लापीलाङ पुगेका नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका सभापति अर्जुन शिवाकोटीलगायतको टोलिसंग स्थानीयले पहिरोको कारण आफू सुकुम्बासी बासी बनेको र दैनिक गुजारा चलाउन समस्या भएको बताए ।
पहिरोपीडित मान बहादुर थामीले अहिले पनि पहिरो निरन्तर बगिरहेको हुँदा अझै पहिरो माथीको बस्ती नै बगाउनसक्ने जोखिम रहेको बताए । पहिरोले धर्म खत्री, पुण बहादुर खड्का, रुकमला थामीलगायतको घरलाई आधा भाग चरकाएर राखेको छ । गत वर्षको पहिरोबाट गणेश थामी, पुस्कर थामी, लालमान थामी, दिलबादुर थामी, सन्तकुमार थामी, सुजन थामी, लक्ष्मण थामी, अमर थामी र सरिता थामीको घर पुर्ण रुपमा क्षति भएको थियो । उनीहरु अहिले घरबारविहीन बनेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया