फोनपेको ‘…दिनदिनै एक लाख’ योजनाका विजेता सार्वजनिक
काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरूलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एक लाख’ योजनाका विजेता सार्वजनिक गरेको छ । साउन १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले एक लाख रूपैयाँ जित्दै आएका छन् ।
हालसम्म १३ जना मर्चेन्टले एक–एक लाख रूपैयाँ जितिसकेका छन् । तीन महिनासम्म सञ्चालन हुने यस योजनाका विजेता हरेक दिन सार्वजनिक हुनेगरेका छन् । हालसम्म काठमाडौंका युनिक बेकरी, दिल क्याफे, क्याफे ककओ, सेसन वाक, मेडफर्स्ट हेल्थ केयर, केसी मिट सप, लाइफ ट्रस्ट मेडी डाइग्नोस्टिक, ललितपुरको सुनिल फार्मेसी, भक्तपुरको खड्का प्लास्टिक पसल, सप्तरीको काल्टु लिला प्रालि उदयपुरको सरगम चश्मा घरका मर्चेन्टले एक–एक लाख रूपैयाँ जित्न सफल भएका छन् । यस योजनामा हरेक दिन क्यूआरमार्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको हो । फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने साना–ठूला सबै व्यवसायलाई समेट्ने यो योजनामा फोनपेमार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ ।
यस योजनामा सहभागी हुन फोनपे बिजनेसमा रजिष्टर्ड भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागी हुनका लागि फोनपेमार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ । फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्यान नम्बरमार्फत आफैँ रजिष्टर्ड हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनीमार्फत पनि मर्चेन्ट बन्न सकिनेछ । यस योजनामा हरेक दिन बिहान १२ बजेदेखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुँदै आएका छन् । यो योजनाका विजेता लक्की ड्रमार्फत छनोट गरिँदै आएको छ, विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजनेसको फेसबुक लाइभमार्फत गरिँदै आएको छ । यो योजनामा फोनपेमार्फत धेरैभन्दा धेरै कारोबार गर्ने व्यवसायीहरूले जित्ने सम्भावना बढी रहन्छ ।
पmोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने चार लाख ५० हजारभन्दा बढी मर्चेन्ट छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भीथ्री टु वान प्रमाणीकरण प्राप्त संस्था हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया