Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडाको ४५औं वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित

नाडाको ४५औं वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित भएको छ । साउन १५ गते बसेको नाडाको केन्द्रीय कार्यसमितिको १३औँ बैठकले ४५औँ वार्षिक साधारणसभा तथा २१औँ निर्वाचन भदौ २५ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

साधारणसभा सम्पन्न गर्नका लागि नाडाले साउन १९ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरी अनुमति मागेको थियो । तर जिल्ला प्रशासनले सोही दिन कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर समेत आउनसक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने विषयमा सार्वजनिक सूचना जारी गरेको कारण नाडाले साधारणसभा तथा निर्वाचन स्थगित गरेको नाडाका महासचिव सुनिल रिजालले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x