बीमा रकममा २५ प्रतिशत कटौती गरेकोमा किसान संगठनद्वारा विरोध
काठमाडौं । किसानले पाउने बीमा रकममा २५ प्रतिशत कटौती गरेको भन्दै चार किसान संगठनहरुले विरोध जनाएका छन् । किसानले गरेको खेतीपाती र पशुपालनमा विभिन्न रोगव्याधी, प्राकृतिक प्रकोप आदिले हुने क्षतिमा वित्तीय सुरक्षा प्रदान गर्न र कृषि क्षेत्रमा थप लगानीका लागि प्रोत्साहन दिन दिइँदै आएको ७५ प्रतिशत बीमामा सरकारले कटौती गरी ५० प्रतिशतमा झारेकोमा उनीहरुले आपत्ति जनाएका हुन् ।
अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले बुधबार संयुक्त विज्ञप्ति जारी गरी उक्त निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनेक कारणले कृषि क्षेत्र अनाकर्षक र उपक्षित भइरहेको र किसानको लागत पनि उठ्न नसक्ने स्थितिबाट गुज्रिरहेको बेला किसान वर्गलाई खेतीपाती र पशुपन्छी पालनमा थप प्रोत्साहन र राहत दिने कदम चाल्नुपर्ने र चालिएका कदमलाई अझ उन्नत बनाउनुपर्ने बेलामा बीमा रकम कटौती गर्ने सरकारले हचुवा निर्णयले किसानलाई समस्यामा पारेको चार किसान संगठनको भनाइ छ । किसानले पाएको न्यूनतम ७५ प्रतिशतको बीमा सुविधा कायम राख्न र यसलाई अझ बढाउँदै लैजान पनि चार किसान संगठनले माग गरेका छन् । साथै उनीहरुले बीमा सुविधा कटौतीको विरुद्ध आवाज उठाउन पनि किसानहरुसँग आग्रह गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया