टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन निर्देशन
काठमाडौं । टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकी सभापति कल्याणीकुमारी खड्काले टेलिफोन र इन्टरनेट सेवा चाँडोभन्दा चाँडो भरपर्दो बनाउन मन्त्रालयलाई निर्देशन दिएकी हुन् । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी नभएको बताएका थिए । बैठकमा भाग लिँदै समितिका सदस्य रामबहादुर विष्टले दुर्गम भेगका टेलिफोन सेवा अझै प्रभावकारी बन्न नसकेको गुनासो गरे । साथै उनले इन्टरनेट सेवा नभइ नहुने भएकाले निःशुल्क गर्नुपर्ने बताए ।
यस्तै समितिका सदस्य केदार सिग्देलले सूचना महामार्ग निर्माणको काम अलपत्र परेको, फाइबर विछ्याउने काममा ढिलाइ भएको, फोर जी सेवा विस्तार हुन नसकेको, हुलाकमा कर्मचारी भए पनि काम नभएको, ताररहित सहर बनाउने योजना योजनामै सीमित बनेको तथा दुर्गममा मात्र नभई सुगम क्षेत्रमासमेत रेडियो नेपालको सेवा प्रभावकारी बन्न नसकेको बताए ।
समितिका अर्का सदस्य गणेश पहाडीले कोरोना महामारीका बेला विद्यालयमा इन्टरनेट सेवा पु-याउन नसकेको, दुर्गममा मात्र होइन सुगममा पनि सबै क्षेत्रमा टेलिफोन सेवा भरपर्दो बन्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी अप्टिकल फाइबर विस्तार गर्ने काम समयमै हुन नसकेको र सेक्युरिटी प्रिन्टिङ प्रेसको काम अघि नबढ्नुको कारणबारे मन्त्रालयसित जवाफ मागेका थिए ।
यसैगरी समितिका सदस्य सञ्जयकुमार गौतमले नेपाल टेलिकमको सेवा भरपर्दो बनाउनुपर्ने, टेलिफोनको महसुलतामा एकरुपता ल्याउनुपर्ने तथा हुलाक सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । यस्तै सदस्य रङ्गमती शाहीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यान कर्णाली क्षेत्रमा पुग्न नसकेको गुनासो गरिन् । ‘रुखमा चढेर फोन गर्नुपर्ने बाध्यता अझै विद्यमान छ’, उनले भनिन् । यस्तै उनले हुम्लामा रेडियो नेपालको समाचारदाता राख्न माग गरिन् । समाचारदाता नै नहुँदा हुम्लाका समस्याबारे सिंहदरबार जानकार नै नभएको उनको भनाई थियो । यस्तै समितिका सदस्य टेकबहादुर बस्नेतले ‘नागरिक एप’ प्रभावकारी बनाउन सुझाव दिएका थिए । उनले सल्यानको ग्रामीण भेगमा टेलिफोन सेवाबाट वञ्चित हुनुपरेको बताए ।
समितिको छलफल कार्यक्रममा सहभागी भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्माले समितिबाट प्राप्त सुझाव, सल्लाह तथा निर्देशनको पालना गर्दै मन्त्रालयको काम कारवाही अघि बढाउने प्रतिबद्धता जनाएका थिए । मौजुदा ऐनले सबै कुरा नसमेट्ने भएकाले आधारभूत कानुन नबन्दा काम गर्न कठिनाइ भएको निमित्त सचिव शर्माको भनाइ थियो ।
हुलाक सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने मन्त्रालयको योजना रहेको उनले जानकारी गराएका थिए । तत्कालीन र दीर्घकालीन रुपमा गर्ने काम कारबाही मन्त्रालयले अघि बढाउने उनले बताए । त्यसअघि निमित्त सचिव शर्माले मन्त्रालयको प्रमुख कार्यप्रगति तथा आगामी कार्ययोजनाको प्रतिवेदन समितिको बैठकमा प्रस्तुत गरेका थिए ।
बैठकमा समिति सभापति खड्काले निर्माण तथा संशोधनका क्रममा रहेका ऐन कानुनसम्बन्धी विधेयक तत्काल सदनमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएकी थिइन् । सूचना तथा प्रविधिको उपयोगलाई बढीभन्दा बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास र विस्तारका सन्दर्भमा विद्यमान ऐन नियमलाई परिस्कृत गरी वर्तमान आवश्यकताअनुरुप परिमार्जन गर्न एवं परिवर्तित सन्दर्भमा सम्पूर्ण कार्यालयलाई डिजिटल गर्ने प्रक्रिया तत्काल अघि बढाउन मन्त्रालयलाई समितिले सुझाव दिएको छ ।
यस्तै मोबाइल प्रयोगबाट हुनेगरेको अवैध कार्य रोक्ने प्रक्रिया प्रभावकारी रुपमा कार्यान्वयन गर्न समितिले मन्त्रालयको ध्यानाकर्षण गराएको छ । यसैगरी देशभरका हुलाक कार्यालय व्यवस्थित र प्रभावकारी बनाउनसमेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया