Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगताजा र हाइजेनिक मासु डेलिभरीका लागि ‘मासु’ एपको सेवा सुरु

ताजा र हाइजेनिक मासु डेलिभरीका लागि ‘मासु’ एपको सेवा सुरु


काठमाडौं । ताजा र हाइजेनिक मासु डेलिभरीको लागि सुरु भएको अनलाइन प्लेटफर्म ‘मासु’ले आफ्नो सेवा सुरु गरेको छ । ‘मासु’बाट सेवा लिन मोबाइल एप्लिकेसन र वेब ब्राउजरबाट अर्डर गर्न सकिनेछ । मासुको हाइजिन कायम राख्न तथा बाह्य संक्रमणबाट जोगाउन भ्याकुम प्याकिङ गरी शून्यदेखि चार डिग्रीसम्म तापक्रम कायम गरी तयार र डेलिभरी गर्ने योजनासहित ‘मासु’ एप सुरु गरिएको बताइएको छ ।

यो एपलाई दुई युवाहरु विकास गिरी र विशाल रथ गिरीले सञ्चालनमा ल्याएका हुन् । ‘हामीले ताजा र हाइजेनिक मासु समयमै उपलब्ध गराउँछौँ, जुन कहिल्यै फ्रोजन भएको हुनेछैन । मासुलाई उपयुक्त तापक्रममा तयार तथा स्टोर नगर्ने हो भने ३० मिनेटभित्र मासुमा अत्यधिक ब्याक्टेरिया वृद्धि हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि घातक हुनसक्छ’, सञ्चालक विकास गिरीले भने ।

गिरीका अनुसार ‘मासु’ले बेच्ने मासु ग्राहकको हातसम्म पुग्दा विभिन्न १२ प्रकारका गुणस्तर जाँच पास गर्नेछ । मासु अर्डर गर्नको लागि एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट ‘मासु’ एप डाउनलोड गर्न सक्नेछन् भने आईओएस प्रयोगकर्ताको लागि छिट्टै एप स्टोरमा उपलब्ध हुने बताइएको छ भने वेब ब्राउजरमार्फत मासु डट स्टोरबाट पनि अर्डर गर्न सकिनेछ ।

प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा १२० मिनेटभित्र निःशुल्क डेलिभर हुने गरी तयारी गरिएको गिरीले बताए । यो सेवा विस्तारै देशैभर पु¥याउने योजना रहेको उनले बताए । ‘मासु’ एपबाट खसीको मासु एक हजार ५० रुपैयाँदेखि किन्न पाइने बताइएको छ । बुधवारदेखि प्रि–अर्डर सुरु गरिने तथा शनिबारदेखि डेलिभरी सेवा सुरु गरिने सञ्चालक विशाल रथ गिरीले बताए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x