Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसवाईएमको शोरुमको आज उद्घाटन

एसवाईएमको शोरुमको आज उद्घाटन


काठमाडौं । केजी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा ल्याएको एसवाईएम कम्पनीको मोटरसाइकलको शोरुम आज बिहीबार उद्घाटन हुने भएको छ । एसवाईएम बाइक भित्रिएसँगै कम्पनीले पहिलो शोरुम कमलपोखरीस्थित कृष्ण पाउरोटी चोकमा सञ्चालनमा ल्याउनलागेको हो । शोरुमको भर्चुअल कार्यक्रम गरी उद्घाटन गर्न लागिएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् ।

एसवाईएम ताइवानको उत्पादन हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् । पहिलो चरणमा कम्पनीले एसवाईएम एनएचटी२०० बाइक नेपाली बजारमा भित्र्याएको छ । अन्य देशमा जस्तै यो मोटरसाइकल नेपाली बजारमा पनि लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । यो बाइक १८३ सीसीमा बजारमा उपलब्ध छ ।

एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपीएम, अत्यधिक टर्क १५.७ एमएम र ७५०० आरपीएम छ । छवटा गियर स्पिड, डबल च्यानल एबीएस ब्रेकिङ सिस्टमलगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०–१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमि पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

कमलपोखरीसँगै कम्पनीले चाबहिल, संखुवासभा र इलाममा पनि शोरुम सञ्चालनमा ल्याउँदै छ । देशभर शोरुम विस्तार गरिने खत्रीले बताइन् । पहिलो चरणमा टेष्ट ड्राइभ गर्न सकिने र बुकिङ गर्ने ग्राहकलाई छिट्टै बाइक उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो बाइकको मूल्य नेपाली बजारमा छ लाख रुपैयाँ तोकिएको छ । पहिलो सय जना ग्राहकले पाँच लाख ४८ हजार आठ सय ८८ रुपैयाँमा बाइक खरिद गर्न सक्नेछन् । रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ । स्पेयर्स पार्टसमेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्नसक्ने खत्रीले जानकारी दिइन् । बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । एक वर्षभित्र नेपाली बजारमा एक हजार बाइक बिक्री गर्ने कम्पनीले लक्ष्य लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x