Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवाको ‘शिक्षित युवा, समृद्ध भविष्य योजना’

इ–सेवाको ‘शिक्षित युवा, समृद्ध भविष्य योजना’


काठमाडौं । इ–सेवाले एसईई उत्तीर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षत युवा, समृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ । यस योजनामा पाँच सयभन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । यो योजना आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार छात्रवृत्ति विद्यार्थीले छानेका कलेजअनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्न सकिनेछ । विद्यार्थीहरूले जेभियर इन्टरनेसनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेसनल कलेज, विराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेन्डरी स्कुलमा छात्रवृत्ति प्राप्त गर्नेछन् । इ–सेवामार्फत आवेदन दिनेले मात्र छात्रवृत्तिको अवसर प्राप्त गर्नेछन् ।

छात्रवृत्तिका लागि विद्यार्थीहरूले इ–सेवा मोबाइल एप तथा वेबमार्फत इ–सेवा स्कोलरसिप अप्सनमा गई आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि विद्यार्थीहरूले ३० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । यो रकम यो योजना सकिएपछि विद्यार्थीको इ–सेवा आईडी रहेको नम्बरमा टपअप हुनेछ । छात्रवृत्तिमा समावेश भएका विद्यार्थीले छात्रवृति दाबी गर्नका लागि आफ्नो एसईई पास भएको कागजात पेस गर्नुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x