काठमाडौं, माघ १०
राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ को अन्तिम परिणाम सार्वजनिक भएको छ । अपेक्षा गरिएअनुसार नै नेकपा–राजपा गठबन्धनले निर्वाचनमा विजय हासिल गरेको छ । प्रदेश २ मा नेकपा र राजपाबीच गठबन्धन भए पनि अन्य प्रदेशमा नेकपाले एकल निर्वाचन जित हात पारेको हो । निर्वाचन आयोगका अनुसार बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणनाबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी १८ नयाँ अनुहार निर्वाचित भएका छन् । यसअघिका १८ जनाको दुई वर्षे कार्यकाल सकिएपछि बिहीबार नयाँ निर्वाचन भएको हो । १८ रिक्त पदमा ४५ जना चुनावी प्रतिस्पर्धामा थिए ।
निर्वाचनबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पहिलोपटक निर्वाचित भएका छन् । आयोगका अनुसार इन्दिरा देवी गौतम, गोपी बहादुर सार्की आछामी, देवेन्द्र दाहाल, तुलसा कुमारी दाहाल, राधेश्याम पासवान, शेखर कुमार सिंह, मृगेन्द्र कुमार सिंह यादव, गंगा कुमारी बेलवासे, बेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जग प्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, माया प्रसाद शर्मा, शारदा देवी भट्ट र तारामान स्वाँर निर्वाचित भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया