काठमाडौं । कोरोनाको तेस्रो लहर सुरु भएको घोषणा भएको छ । दोस्रो लहरले देशमा धेरै मानवीय क्षति ग-यो । यो दोस्रो लहरमा नै कोरोनाबाट जीवन गुमाउनुपरेकाहरूको संख्या दश हजारबाट उकालो लाग्यो । मृतकहरूको यो संख्या पछिल्लो हप्ताको हो । त्यो लहरले धेरै ठूलो अभाव सिर्जना गरेको थियो खास गरी उपचारका सन्दर्भमा अस्पतालमा शय्या नपाउने पाए पनि अक्सिजन नपाउने आईसीयू र भेन्टिलेटरको त कुरै नगरे हुने अवस्था थियो त्यसबेला । त्यो अभाव अलिकति मथ्थर के भएको थियो तेस्रो लहरको संकेत देखिन थाल्यो । चिकित्सकहरूले अस्पतालमा भीडभाड देखेर नै तेस्रो लहर आउन थालेका चेतावनी दिएका हुन् । पछिल्लो समय चार हजारको दरले प्रतिदिन संक्रमणको संख्या कायम छ । यता अस्पतालमा विगतमा जे थियो त्यसमा केही पनि थप भएको छैन । बरु राजनीतिमा भने यो समयमा वारपार हुनेगरी फेरबदल भयो । त्यो राजनीतिले कोरोनालाई टेरेको देखिएन ।
अवस्था कस्तो भने सरकार आफैँ निषेधाज्ञा जारी गर्छ र फेरि त्यसलाई आफैँ मान्दैन । यतिबेला पनि खासगरी उपत्यकामा निषेधाज्ञा जारी छ । उपत्यका जनसंख्याको अत्यधिक चाप भएको र संक्रमितको संख्या वृद्धिदर बढी भएको ठाउँ हो । सरकार आफैँले अर्थात् उसको स्थानीय प्रशासनले खुला स्थानमा भेला हुन्, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न/गराउन रोक लगाएको सूचना जारी गरिरहेको छ प्रत्येक हप्ता म्याद थपीथपी । तर त्यही सरकारका प्रतिनिधिहरू भीडभाडलाई बढावा दिइरहेका छन् । सत्तारुढ दलको क्रियाशील सदस्यताको विवादले उसको केन्द्रीय कार्यालय लामो समयदेखि भरिभराउ छ । त्यो कार्यालय धर्नास्थल बन्यो । धर्नाकारीको मागप्रति ऐक्यबद्धता जनाउने कुरा सामान्य प्रचलन नै हो । उनका नियमित बैठकहरू पनि चलिरहेका छन् ।
भर्खर सत्ताबाट झरेको अर्काे दल एमालेले त आफ्ना स्थायी र केन्द्रीय समितिका बैठकहरू चलाइरहेको छ पटक–पटक हुनेगरी । त्यति मात्र होइन आफ्ना कार्यकर्तालाई सडकमा उतार्नेमा पनि प्रतिस्पर्धा गरिरहेको छ । यो दलमा दुई गुट छन् र यहीबेला आफ्ना सैन्य दस्ता खोलेर कहिले बाँदर जुलुस त कहिले के भनेर शक्ति देखाइरहेका छन् । यसमा कोारनाको भय भन्ने अलिकति पनि देखिएन । याद रहोस् यही दलको सरकारले जारी गरेको निषेधाज्ञा भने जारी नै छ । साउन २९ गतेसम्मका लागि त्यस्तो आज्ञा जारी गरिएको थियो ।
नेपालमा पहिलो कोरानो संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घोषणा गरेअनुसर १० माघ २०७६ मा हो । त्यसदिन नेपालमा कोरोना संक्रमणको पहिलो घटना प्रकट भयो । त्यहाँबाट यो तेस्रो लहरको चर्चा हुँदाको आजको दिनसमम्म अर्थात् यो डेढ वर्ष अवधिमा सात लाख १० हजार पाँच सय नौ जना संक्रमित भइसकेका छन् । १० हजार १९ जनाले ज्यान गुमाएको अवस्था छ । यो बेला सरकारले तोकेको मापदण्ड उल्लंघन गर्ने पक्ष सरकारी नै रह्यो अर्थात् राजनीति नै कोरोनालाई नटेर्नेमा देखियो ।
कोरोनाको संक्रमण उत्कृष्ट अवस्थामा पुगेको बेला प्रधानमन्त्री आफैँ सडकबाट शक्ति प्रदर्शनमा लागेको दृश्य पनि देखिए । कुम्भ मेलामा गएका पूर्वराजारानीहरू संक्रमित भएको अवस्थाले भीडबाट कोेरोना सर्छ भन्ने डर मानिएन । सर्वसाधारण नागरिकका लागि अनुकरणीय बन्नुपर्ने राजनीतिक क्षेत्र आफैँले बनाएको मापदण्ड भत्काउँछ भने स्थिति कति भयावहतर्फ अघि बढिरहेको छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया